default_image

1 year ago

December 29, 2022

कन्चनको अर्धशतकका बाबजुद बागमती पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर कन्चन श्रेष्ठको अर्धशतकका बाबजुद बागमती प्रदेश हङकङ महिला क्रिकेट क्लबसँग दोस्रो टि२० अभ्यास खेलमा एक रनले पराजित भएको छ । योसँगै दुई टि२० अभ्यास खेल हङकङ क्रिकेट क्लबले २–० ले जितेको थियो । दुई ४० ओभरको अभ्यास खेल भने बागमतीले २–० ले नै जितेको थियो । जितको लागि १ […]

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर कन्चन श्रेष्ठको अर्धशतकका बाबजुद बागमती प्रदेश हङकङ महिला क्रिकेट क्लबसँग दोस्रो टि२० अभ्यास खेलमा एक रनले पराजित भएको छ । योसँगै दुई टि२० अभ्यास खेल हङकङ क्रिकेट क्लबले २–० ले जितेको थियो । दुई ४० ओभरको अभ्यास खेल भने बागमतीले २–० ले नै जितेको थियो ।

जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको बागमती निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २ रन बनायो । बागमतीकी कन्चन श्रेष्ठले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५२ रनमा आउट भइन् । कन्चन यस सिरिजमा अर्धशतक प्रहार गर्ने एक्लो ब्याटर समेत हुन् ।

बागमतीलाई जितको लागि अन्तिम १८ बलमा ८ रन चाहिँएको थियो । तर उक्त रन बनाउन नसकेपछि एक रनले पराजित भएको हो । सोनी पाख्रिन ३९ बलमा १ चौकासहित २३ रन बनाइन् । अस्मिता खरेल र हेलिसा गुरुङले ७–७ रन बनाइन् । हङकङकी बेट्टी चानले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनायो । हङकङकी केरी चानले २६ बलमा ४ चौकासहित सर्वाधिक २६ रन बनाइन् ।

बागमतीकी सोनी पाख्रिनले सर्वाधिक दुई विकेट लिइन् । खुशी डंगोल, विपिशा शाही र अस्मिना कर्माचार्यले एक एक विकेट लिइन् । प्रतियोगितामा सानदार अलराउन्ड प्रदर्शन गरेकी सोनी पाख्रिन सिरिजको प्लेयर अफ द म्याच चुनिन् ।

सिरिजमा सर्वाधिक विकेट लिने सोनी नै बनिन् । सोनीले ४ विकेट लिएकी थिइन् । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला खेलेको हो ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.