default_image

1 year ago

December 30, 2022

गम्भीर घाइते भएका पन्त खतरा मुक्त

एजेन्सी – कार दुर्घटनामा परि गम्भीर घाइते भएका भारतीय क्रिकेट टोलीका आक्रामक विकेटकिपर ब्याटर ऋषभ पन्त खतरा मुक्त भएका छन् । घर उत्तराखण्डमा परिवारलाई भेटेर दिल्ली फर्किनेक्रममा पन्तको देहराधुनमा कार दुर्घटना हुँदा गम्भीर घाइते भएका हुन् । पन्तको शुक्रबार विहान हरिद्धार जिल्लाको मंगलौर नर्सानमा सकडको छेउमा रहेको डिभाइडरमा ठोकिएपछि घाइते भएका थिए । विहान ५ […]

119 views

0 Bookmark

एजेन्सी – कार दुर्घटनामा परि गम्भीर घाइते भएका भारतीय क्रिकेट टोलीका आक्रामक विकेटकिपर ब्याटर ऋषभ पन्त खतरा मुक्त भएका छन् । घर उत्तराखण्डमा परिवारलाई भेटेर दिल्ली फर्किनेक्रममा पन्तको देहराधुनमा कार दुर्घटना हुँदा गम्भीर घाइते भएका हुन् ।

पन्तको शुक्रबार विहान हरिद्धार जिल्लाको मंगलौर नर्सानमा सकडको छेउमा रहेको डिभाइडरमा ठोकिएपछि घाइते भएका थिए । विहान ५ : ४५ को आसपासको समयमा पन्तको कार दुर्घटना भएको थियो । परिवारलाई भेटेर दिल्ली फर्किने बेला आफैंले कार चलाई रहँदा केहि समय निदाएपछि दुर्घटना हुन पुगेको जनाइएको छ ।

भारतीय पूर्व क्रिकेटर तथा नेशनल किकेट एकेडेमीका प्रमुख भिभिएस लक्ष्मणले पन्तको अवस्था खतरा मुक्त रहेको जनाएका छन् । डिभाइडरमा ठोक्किए लगत्तै पन्त चडेको करामा ठूलो आगोलागी भएको थियो । उनलाई आगोबाट बचाउन विन्डस्क्रिन नै तोडेर निकालिएको थियो ।

पन्तको टाउको निधार, खुट्टा ढाडमा चोड लागेको छ । रुड्की सिभिल अस्पतालमा प्राथमिक उपचारपछि पन्तको म्याक्स अस्पताल देहराधुनमा उपचार भई रहेको छ ।

पन्तले आफ्नै मर्सिडि कार चलाएका थिए । बंगलादेशविरुद्ध दुई टेस्ट खेलको सिरिज जिताउन पन्तले यसै साता सानदार प्रदर्शन गरेका थिए ।

तर चार दिनदेखि देखि श्रीलंकासँग हुने ओडिआई र टि२० आई सिरिजको लागि उनलाई टोलीबाट बाहिर राखिएको थियो । फेब्रुअरीमा अष्ट्रेलियासँग हुने चार महत्वपूर्ण टेस्ट सिरिजलाई ख्याल गर्दै श्रीलंका सिरिजदेखि बाहिर राखेको थियो ।

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

May 1, 2024

कमल र सागर समेट्दै विश्वकप टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट […]

May 1, 2024

वेस्ट इन्डिज ‘ए’ लाई श्रृंखलामा अग्रता 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो । बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गर्यो । वेस्ट […]

Success

Thank you for your time.