default_image

3 years ago

January 5, 2023

खवाजा दोहोरो शतक नजिक पुग्दा अष्ट्रेलियाको विशाल योगफल

218 views

0 Bookmark

एजेन्सी – ओपनर उस्मान खवाजा दोहोरो शतक नजिक पुग्दा अष्ट्रेलियाले तेस्रो टेस्ट खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिङमा विशाल योगफल बनाएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले दोस्रो दिनको खेल सकिँदा ४ विकेट गुमाउँदै ४ सय ७५ रन बनाएको छ ।

उस्मान खवाजा ३ सय ६८ बलमा १९ चौका र १ छक्कासहित १ सय ९५ रनमा अविजित छन् । उस्मान खवाजा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो दोहोरो शतक बनाउन मात्रै पाँच रनले टाढा छन् ।

मध्यक्रमका ब्याटर स्टिभ स्मिथ १ सय ९२ बलमा ११ चौका र २ छक्कासहित १ सय ४ रनमा आउट भए । स्मिथको यो टेस्ट करिअरको ३० औं शतक हो । ओपनर डेविड वार्नर १० रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि उस्मान खवाज र मार्नस लाबुसेनले १ सय ३५ रनको शतकीय साझेदारी गरे ।

लाबुसेन १ सय ५१ बलमा १३ चौकासहित ७९ रनमा आउट भए । तेस्रो विकेटका लागि उस्मान खवाजा र स्टिभ स्मिथले २ सय ९ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । चौथो विकेटका लागि ट्रविस हेड र उस्मान खवाजाले १ सय १२ रनको शतकीय साझेदारी गरेका थिए । ट्रविस हेड ५९ बलमा ८ चौका र १ छक्कासहित ७० रनमा आउट भए । तीन टेस्ट खेलको सिरिजमा अष्ट्रेलियाले २–० को अग्रता लिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.