3 years ago
January 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारी र हश्मातुल्लाह शाहिदीको उत्कृष्ट ब्याटिङमा फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई १ सय ९८ रनको विशाल लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको फार वेस्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । फार वेस्टका विनोद भण्डारीले ४४ बलमा ६ चौका र ५ छक्कासहित ७३ रनमा आउट भए । हश्मातुल्लाह शाहिदीले ५७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाए ।
पहिलो विकेटका लागि फार वेस्टका ओपनर विनोद र हश्मातुल्लाहले १६.३ ओभरमा १ सय ५७ रनको शतकीय साझेदारी गरेका थिए । यो नेपाल टि२० लिगमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि जनकपुर रोयल्सका सन्दीप जोरा र चाडविक वाल्टनले फार वेस्ट युनाइटेडविरुद्ध तेस्रो विकेटका लागि १ सय ५१ रनको अविजित शतकीय साझेदारी गरेका थिए ।
त्यस्तै यो नेपाल टि२० लिगको दोस्रो ठूलो योगफल हो । यसअघि काठमाडौंले जनकपुर रोयल्सविरुद्ध २ सय ८ रन बनाएको थियो । करण केसी ८ बलमा ३ छक्कासहित २२ रनमा अविजित रहे ।
काठमाडौंका बसिर अहमदले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]