default_image

1 year ago

January 10, 2023

आजम खानको सानदार शतक

77 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका युवा ब्याटर आजम खान र उस्मान खानले बंगलादेश प्रिमियर लिगमा सानदार शतक हानेका छन् । सोमबार राती खुल्ना टाइगर्स आजम खानको उत्कृष्ट शतकका बाबजुद चट्टोग्राम च्यालेन्जर्ससँग ९ विकेटले पराजित भयो ।

जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको चट्टोग्रामले १९.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । उसको लागि पाकिस्तान कै उस्मान खानले ५८ बलमा १० चौका र ५ छक्कासहित १ सय ३ रनको अविजित शतकीय इनिङ खेले ।

अर्का ओपनर म्याक्स ओडाउड ५० बलमा ५ चौका र ३ छक्कासहित ५८ रनमा आउट भए । पहिलो विकेटका लागि उस्मान र म्याक्सले १५ ओभरमा १ सय ४१ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

त्यसअघि शेरे बंगला नेशनल स्टेडियम मिरपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको खुल्नाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रन बनायो ।

उसका लागि आजम खानले ५८ बलमा ९ चौका र ८ छक्कासहित १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । ओपनर तमिम इकवाल ४० रनमा आउट भए । शुक्रबार देखि सुरु भएको प्रतियोगितामा ७ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

May 15, 2024

विश्वकप जर्सी केल्मीबाट नेपालभर डेलिभर हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी किट निर्माण गर्ने कम्पनी केल्मीले आम समर्थकका लागि जर्सी नेपालभर डेलिभर गर्ने भएको छ । केल्मीले ३६ सय रुपैयाँमा जर्सी विक्री गर्दैछ । यसअघि प्रि-अर्डरको विशेष अफरमा २५ सय रुपैयाँमा बुकिङ खुल्ला गरिएको थियो भने त्यो अफर समाप्त भइसकेको छ । […]

May 15, 2024

एपिएफ एक खेल अगावै ललितपुर मेयर्स कपको फाइनलमा 

एजेन्सी – नेपाल एपिएफ क्लब काठमाडौँमा जारी ललितपुर मेयर्स कप २०८१ को फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्दै उपाधि दावेदार एपिएफ एक खेल बाँकी छँदै फाइनलमा प्रवेश गरेको हो । एपिएफको ३ खेलमा ६ अंक भएको छ । दोस्रो स्थानको सुदूरपश्चिमले २ खेलमा ४ अंक नै बटुलेको छ । ललितपुरको […]

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

Success

Thank you for your time.