default_image

1 year ago

January 10, 2023

शाको सानदार दोहोरो शतक

एजेन्सी – भारतीय किकेट टोलीका युवा ओपनर पृथ्वी शा ले रणजी ट्रफीमा मुम्बईबाट असामविरुद्ध सानदार दोहोरो शतक प्रहार गरेका छन् । टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले पहिलो दिनको खेल सकिँदा ९० ओभरमा २ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको छ । पृथ्वी शा २ सय ८३ बलमा ३३ चौका र १ छक्कासहित २ […]

69 views

0 Bookmark

एजेन्सी – भारतीय किकेट टोलीका युवा ओपनर पृथ्वी शा ले रणजी ट्रफीमा मुम्बईबाट असामविरुद्ध सानदार दोहोरो शतक प्रहार गरेका छन् । टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले पहिलो दिनको खेल सकिँदा ९० ओभरमा २ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको छ ।

पृथ्वी शा २ सय ८३ बलमा ३३ चौका र १ छक्कासहित २ सय ४० रनमा अविजित छन् । दोस्रो दिन उनको नजर तेहेरो शतकमा हुनेछ । कप्तान अजिक्या रहाणे १ सय ४० बलमा ५ चौकासहित ७३ रनमा अविजित छन् । तेस्रो विकेटका लागि शा र रहाणेले २ सय ९८ बलमा २ सय रनको अविजित शतकीय साझेदारी गरि सकेका छन् ।

अजिक्या रहाणे पनि भारतीय टोलीमा पूनरागमन गर्न संघर्षरत छन् । रहाणे गत जनवरीमा दक्षिण अफ्रिका भ्रमणपछि भारतीय टोलीमा छैनन् । रहाणे भने भारतीय टेस्ट टोलीबाट मात्रै खेल्दै आएका छन् । ओडिआईमा भने रहाणे २०१८ देखि टोलीमा छैनन् ।

शा २०२१ जुलाई श्रीलंका भ्रमणपछि भारतीय टोलीमा छैनन् । इन्डियन प्रियिमर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स र घरेलु क्रिकेटमा मुम्बईबाट राम्रो प्रदर्शन गरेपनि उनी भारतीय टोलीमा छैनन् । शा आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।
भारतीय टोलीमा ओपनरको रुपमा रोहित शर्मा, लोकेश राहुल, शुभमन गिल र शिखर धवन हुँदा शाले मौका पाउन सकेका छैनन् ।

शा भारतलाई २०१८ को यू१९ विश्वकप उपाधि जिताउने कप्तान समेत हुन् । शाको यस पटकको घरेलु प्रतियोगितामा भने प्रदर्शन अपेक्षा भन्दा केहि कमजोर छ ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.