default_image

1 year ago

January 18, 2023

गिल ओडिआईमा दोहोरो शतक हान्ने विश्वकै कान्छा खेलाडी

एजेन्सी – भारतीय युवा ओपनर शुभमन गिल ओडिआई खेलमा दोहोरो शतक प्रहार गर्ने विश्व कै सर्वाधिक कान्छा खेलाडी बनेका छन् । गिलले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा सानदार दोहोरो शतक हान्दै दुर्लभ कीर्तिमान बनाएका छन् । राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ […]

180 views

0 Bookmark

एजेन्सी – भारतीय युवा ओपनर शुभमन गिल ओडिआई खेलमा दोहोरो शतक प्रहार गर्ने विश्व कै सर्वाधिक कान्छा खेलाडी बनेका छन् । गिलले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा सानदार दोहोरो शतक हान्दै दुर्लभ कीर्तिमान बनाएका छन् ।

राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो । भारतका शुभमन गिलले १ सय ४९ बलमा १९ चौका र ९ छक्कासहित २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेले ।

गिलले ४९ औं ओभरको सुरुवाती तीन बलमा लोकी फर्गुसनलाई लगातार तीन छक्का हान्दै १ सय ४५ बलमा दोहोरो शतक पूरा गरेका थिए । २३ वर्षीय गिलले आफ्नो मात्रै ओडिआईको १९ औं ओडिआई इनिङमा दोहोरो शतक पूरा गरेका हुन् । गिलले यस सफलता २३ वर्ष १ सय ३२ दिनमा हात पारेका हुन् ।

गिलले भारतीय विकेटकिपर ईशान किशनको कीर्तिमान तोडेका हुन् । ईशान किशनले अघिल्लो महिना बंगलादेशविरुद्ध २४ वर्ष १ सय ४५ दिनमा २ सय १० रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । रोहित शर्माले २०१३ मा अष्ट्रेलियाविरुद्ध २६ वर्ष १ सय ८६ दिनमा २ सय ९ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।

ओडिआईमा दोहोरो शतक प्रहार गर्ने गिल विश्वका आठौं ब्याटर हुन् । ओडिआई क्रिकेट इतिहासको यो १० औं दोहोरो शतक हो । १० मध्य ७ भारतीय खेलाडीले दोहोरो शतक हानेका छन् ।

भारतबाट रोहित शर्माले सर्वाधिक तीन पटक दोहोरो शतक प्रहार गरेका छन् । भारतका रोहितसँगै विरेन्द्र सहवाग, सचिन तेन्दुलकर, ईशान किशन र गिलले दोहोरो शतक हानेका हुन् । न्युजिल्यान्डका मार्टिन गुप्टिल, वेस्टइन्डिजका क्रिस गेल र पाकिस्तानका फखार जमानले पनि ओडिआईमा दोहोरो शतक प्रहार गरेका छन् ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.