default_image

1 year ago

January 18, 2023

ब्रेसवेलको सानदार शतकका बाबजुद न्युजिल्यान्ड भारतसँग पराजित

एजेन्सी – मध्यक्रमका ब्याटर माइकल ब्रेसवेलको सानदार शतकका बाबजुद न्युजिल्यान्ड पहिलो ओडिआई खेलमा घरेलु टोली भारतसँग १२ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ५० रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९.२ ओभरमा ३ सय ३७ रनमा अल आउट भयो । […]

141 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर माइकल ब्रेसवेलको सानदार शतकका बाबजुद न्युजिल्यान्ड पहिलो ओडिआई खेलमा घरेलु टोली भारतसँग १२ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

जितको लागि ३ सय ५० रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९.२ ओभरमा ३ सय ३७ रनमा अल आउट भयो । न्युजिल्यान्डका माइकल ब्रेसवेलले ७८ बलमा १२ चौका र १० छक्कासहित सर्वाधिक १ सय ४० रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।

अन्तिम १२ बलमा जितको लागि २४ रन चाहिँएको थियो । ४९ औं ओभरमा हार्दिक पान्ड्याले चार रन मात्रै खर्चिए । अन्तिम ६ बलमा जितको लागि २० रन चाहिँएको थियो । ब्रेसवेलले पहिलो बलमै शार्दुल ठाकुरलाई छक्का हाने । अर्को बल वाइड फ्याँले । दोस्रो योर्कर बलमा भने उनी एलबीडब्लू आउट भएपछि न्युजिल्यान्ड पराजित भएको थियो । ब्रेसवेल बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

खराब ब्याटिङ प्रदर्शन गरेपनि सातौं विकेटका लागि मिचेल सान्टनार र माइकल ब्रेसवेलले १ सय ६२ रनको सानदार शतकीय साझेदारी गर्दै न्युजिल्यान्डलाई जितको सम्भावना कायमै राखेका थिए । न्युजिल्यान्डलाई जितको लागि २७ बलमा ५७ रन चाहिँदा मिचेल सान्टनार मोहम्मद शिराजको बलमा ठूलो सट खेल्नेक्रममा ५७ रनमा सूर्यकुमार यादवबाट क्याच आउट भएका थिए ।

सान्टनारले ४५ बलमा ७ चौका र १ छक्का प्रहार गरे । सान्टनार आउट भएपछि न्युजिल्यान्डको जित कठिन बनेको थियो । शिराजले ओपनर डेभन कन्वेलाई १० रनमै क्याच आउट गरेका थिए । अर्का ओपनर फिन एलेन ३९ बलमा ७ चौका र १ छक्कासहित ४० रनमा आउट भए । हेनरी निकोलस १८, ग्लेन फिलिप्स ११, डर्याल मिचेल ९ र टम लाथम २४ रनमा आउट भए ।

भारतका तीव्र गतिका बलर मोहम्मद शिराजले १० ओभरमा २ मेडनसहित ४६ रन खर्चेर ४ विकेट लिए । कुलदीप यादवले ८ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले दुई, हार्दिक पान्ड्या र मोहम्मद शामीले एक एक विकेट लिए ।

त्यसअघि राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनाएको थियो ।

भारतका शुभमन गिलले १ सय ४९ बलमा १९ चौका र ९ छक्कासहित २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेले । गिल ओडिआईमा दोहोरो शतक प्रहार गर्ने विश्वका आठौं ब्याटर हुन् । भारतका पाँचौं खेलाडी बनेका छन् ।

भारतबाट रोहित शर्माले सर्वाधिक तीन पटक दोहोरो शतक प्रहार गरेका छन् । ओडिआई क्रिकेट इतिहासको यो १० औं दोहोरो शतक हो । त्यस्तै रोहितसँगै विरेन्द्र सहवाग, सचिन तेन्दुलकर, ईशान किशन र गिलले दोहोरो शतक हानेका हुन् ।

न्युजिल्यान्डका मार्टिन गुप्टिल, वेस्टइन्डिजका क्रिस गेल र पाकिस्तानका फखार जमानले पनि ओडिआईमा दोहोरो शतक प्रहार गरेका छन् । यस खेलमा अन्य भारतीय ब्याटरको भने प्रदर्शन राम्रो हुन सकेन । कप्तान रोहित शर्मा ३८ बलमा ४ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । विराट कोहली ८, ईशान किशन पाँच, सूर्यकुमार यादव ३१, हार्दिक पान्ड्या २८, वासिन्टन सुन्दर १२ र शार्दुल ठाकुर ३ रनमा आउट भए ।

न्युजिल्यान्डका तीव्र गतिका बलर हेनरी शिफ्ले र डर्याल मिचेलले दुई दुई विकेट लिए । लोकी फर्गुसन, मिचेल सान्टनार र ब्लेयर टिकनरले एक एक विकेट हात पारे । दोस्रो खेल शनिबार र तेस्रो खेल मंगलबार हुनेछ ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.