default_image

3 years ago

January 24, 2023

रोहित र गिलको शतकमा भारतको विशाल योगफल

200 views

0 Bookmark

एजेन्सी– कप्तान रोहित शर्मा र युवा ब्याटर शुभमन गिलको शतकमा भारतले तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई ३ सय ८६ रनको विशाल लक्ष्य दिएको छ । इन्डोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनायो ।

भारतका ओपनर शुभमन गिलले ७८ बलमा १३ चौका र ५ छक्कासहित १ सय १२ रनको सानदार शतकीय इनिङ खेले । गिलले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए ।

कप्तान रोहित शर्मा ८५ बलमा ९ चौका र ६ छक्कासहित १ सय १ रनमा आउट भए । रोहितको यो ३० औं ओडिआई शतक हो । पहिलो विकेटका लागि शुभमन गिल र रोहित शर्माले २६.१ ओभरमा २ सय १२ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

हार्दिक पान्ड्या ३८ बलमा ३ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । विराट कोहली २७ बलमा ३ चौका र १ छक्कासहित ३६, ईशान किशन १७, सूर्यकुमार यादव १४, वासिन्टन सुन्दर ९ र शार्दुल ठाकुर २५ रनमा आउट भए ।

न्युजिल्यान्डका ज्याकुफ डफीले १० ओभरमा १ सय रन खर्चेर ३ विकेट लिए । ब्लेयर टिकनरले १० ओभरमा ७६ रन खर्चेर ३ विकेट लिए । तीन ओडिआई खेलको सिरिज भारतले एक खेल अगावै जिती सकेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.