default_image

3 years ago

January 27, 2023

बन्द प्रशिक्षणमा फर्किएका ७ क्रिकेटर

349 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डसँग खेल्ने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि प्रारम्भिक टोली घोषणा गर्दा ७ खेलाडीले पूनरागमन गरेका छन् ।

युवा आक्रामक ब्याटर सिद्धान्त लोहनीले पाँच वर्षपछि सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका छन् । सिद्धान्त ओडिआई क्रिकेटमा भने पहिलो पटक मौका पाएका छन् । २८ सदस्य टोली प्रशिक्षणमा बोलाउँदा ७ खेलाडीले बन्द प्रशिक्षणमा पूनरागमन गरेका हुन् ।

गत कार्तिकमा भएको प्रधानमन्त्री कप र नेपाल टि२० लिगको प्रदर्शनलाई मुख्य आधार बनाईएर छनोट समितिले प्रशिक्षण बोलाएको छ । सिनियर टोलीमा पूनरागन गरेका ८ खेलाडीको पछिल्लो समयको प्रदर्शन र उनीहरुको बारे छोटकरीमा जानकारी यस प्रकार छ ।

७. शरद भेषावकर (ब्याटर)

नेपालका वर्तमान समयका अनुभवी खेलाडी शरद भेषावकरले क्याम्पमा पूनरागमन गरेका छन् । शरद पछिल्लो समय नेपाली क्रिकेट टोलीमा गतवर्ष ओमान भ्रमणमा थिए । त्यस सिरिजमा चोटका कारण विश्वकप छनोट गुमाएका थिए । कमजोर प्रदर्शनका कारण त्यसपछि पुन टोलीमा पर्न सकेनन् ।

पछिल्लो समय पनि शरदको घरेलु क्रिकेटमा प्रदर्शन भने राम्रो छैन । पछिल्ला दुई घरेलु प्रतियोगिता प्रधानमन्त्री कपमा ४ इनिङमा ४१ र नेपाल टि२० लिगमा ५ खेलमा २४ रन बनाएका थिए । सिनियर टोलीको ब्याटिङक्रम हेर्दा स्थान बनाउन भने कठिन देखिन्छ ।

६. विक्रम सोब (बलर)

तीव्र गतिका बलर विक्रम सोब पछिल्लो पटक गत जेठमा टोलीमा थिए । अमेरिका भ्रमणको लागि टोलीमा भएपनि चोटका कारण अन्तिम समयमा बाहिरिनु परेको थियो । त्यसपछि भने उनी टोलीमा थिएनन् ।

प्रधानमन्त्री कपमा विक्रम सोेबले ५ खेलमा ११ विकेट लिएका थिए । नेपाल टि२० लिगमा भने सोब थिएनन् । विक्रमलाई पनि अन्तिम टोलीमा स्थान बनाउन सहज छैन । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, किशोर महतो, कमलसिंह ऐरी, गुलशन झालगायतका बलर छन् ।

५. भुवन कार्की (बलर)

स्पिनर भुवन कार्कीले पनि लामो समयपछि प्रशिक्षणमा स्थान बनाएका छन् । भुवनले २०२० इस्टर्न रिजनमा थाईल्यान्डविरुद्ध टोलीमा डेब्यू गरेका थिए । तर भुवनले क्याम्पमा भने स्थान बनाउन सकेका थिएनन् ।

प्रधानमन्त्री कपमा एपिएफलाई च्याम्पियन बनाउन भुवनले ६ खेलमा १० विकेट लिएका थिए । तल्लोक्रममा ब्याटिङमा पनि राम्रो प्रदर्शन गरेका थिए । नेपाल टि२० लिगमा फार वेस्टबाट ६ विकेट लिएका थिए । भुवन तल्लोक्रममा राम्रो ब्याटिङसँगै फिल्डिङ पनि उत्कृष्ट गर्ने गर्दछन् । भुवनलाई पनि अन्तिम टोलीमा स्थान बनाउन सहज भने देखिदैन ।

४. अनिल शाह (विकेटकिपर)

विकेटकिपर अनिल कुमार शाहले पनि क्याम्पमा फर्किएका छन् । अनिल पछिल्लो पटक नेपाली टोलीमा गत मार्चमा पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलको सिरिजमा नेपाली टोलीमा थिए । दुई खेलमा ६ र एक रनमा आउट भएपछि भने टोलीबाट बाहिरिएका थिए ।

अनिल यसै सिजनदेखि नेपाल पुलिस क्लब छाडेर मधेश प्रदेशबाट प्रधानमन्त्री कप खेलेका थिए । प्रधानमन्त्री कपमा उनले ५ खेलमा १ सय ३९ रन बनाएका थिए । पहिलो खेलमा प्रदेश एकविरुद्ध ६१ रन बनाएका थिए । लुम्बिनीले उपाधि जित्दा अनिलले ११ खेलमा १ सय ५३ रन बनाएका थिए । अनिललाई पनि टोलीमा स्थान बनाउन सहज छैन । दुई विकेटकिपर अर्जुन साउद र आसिफ शेख टोलीमा छन् ।

३. सिद्धान्त लोहनी (ब्याटर)

आक्रामक ब्याटर सिद्धान्त लोहनीले २०१७ पछि नेपाली टोलीको प्रशिक्षणमा मौका पाएका छन् । सिद्धान्तले २०१७ पछि क्याम्पमा मौका पाएका हुन् । त्यसपछि सिद्धान्तको चोट र कमजोर प्रदर्शनको कारण टोलीमा पर्न सकेका थिएनन् । तर पछिल्ला दुई घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि क्याम्पमा फर्किएका हुन् ।

प्रधानमन्त्री कपमा सिद्धान्तले प्रदेश एकबाट ४ खेलमा दुई अर्धशतकसहित १ सय ४६ रन बनाएका थिए । सिद्धान्तले बागमती प्रदेशविरुद्ध ४० खेलमा ३ चौका र ८ छक्कासहित ७२ रनको विष्फोटक इनिङ खेलेका थिए । लुम्बिनी प्रदेशविरुद्ध ६० बलमा १० चौका र २ छक्कासहित ७४ रनको इनिङ खेलेका थिए । नेपाल टि२० लिगमा पोखराबाट १ सय ४८ रन बनाएका थिए । सिद्धान्तले लेग स्पिन पनि गर्ने गर्दछन् । क्याम्पमा राम्रो प्रभाव छाड्न सके पहिलो ओडिआई खेल खेल्ने सपना पूरा हुनसक्छ ।

२. सन्दीप जोरा (ब्याटर)

युवा ब्याटर सन्दीप जोरा पनि लामो समयपछि क्याम्पमा फर्किएका थिए । जोरा अन्तिम पटक नेपाली टोलीमा २०२१ को अप्रिलमा टियु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिजमा थिए । त्यस सिरिजमा खेल्ने मौका भने पाएका थिएनन् । तर त्यसपछि भने उनी टोलीमा थिएनन् ।

जोराले २०१९ मा युएईविरुद्ध टि२० आई खेलमा डेब्यू गर्दै अर्धशतक बनाएका थिए । त्यसपछि ओमानमा भएको पाँच देशसम्मिलित टि२० सिरिज पछि खेल्ने मौका पाएनन् । एपिएफबाट घरेलु क्रिकेट खेल्ने जोराले राम्रो प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्री कपमा एपिएफलाई उपाधि जिताउन सन्दीपले ६ खेलमा एक अर्धशतकसहित १ सय रन बनाएका थिए । जोराले आर्मीविरुद्ध ५० रन जोडेका थिए ।

नेपाल टि२० लिगमा जनकपुर रोयल्सबाट राम्रो प्रदर्शन गर्दै ११ खेलमा २ अर्धशतकसहित २ सय ५८ रन बनाएका थिए । नेपाल टि२० लिगमा राम्रो प्रदर्शनपछि क्याम्पमा बोलाएको छ । तर सिनियर टोलीको ब्याटिङलाइन अप हेर्दा अन्तिम टोलीमा स्थान बनाउन सहज भने हुनेछैन ।

१. अभिनाश बोहरा (बलर)

तीव्र गतिका बलर अभिनाश बोहराले गतवर्ष टि२० विश्वकप छनोट पछि पहिलो पटक सिनियर टोलीको क्याम्पमा मौका पाएका छन् । टि२० विश्वकप छनोट पछि अभिनाश टोलीमा थिएनन् । प्रधानमन्त्री कप गुमाएका अभिनाशले नेपाल टि२० लिगमा उत्कृष्ट प्रदर्शन गर्दै पूनरागमन गरेका हुन् । नेपाल टि२० लिगमा काठमाडौं नाइट्सबाट ११ खेलमा १९ विकेट लिँदै शीर्ष स्थानमा रहेका थिए । प्रतियोगिता उत्कृष्ट बलर चुनिएका अभिनाशले लामो समयपछि क्याम्पमा मौका पाएका हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.