default_image

3 years ago

February 1, 2023

रोहित र आशिफको ए ग्रेडमा बढुवा, ज्ञानेन्द्र घटुवा

460 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद – नेपाल क्रिकेट संघ –क्यान) ले २०२३ को केन्द्रिय सम्झौता वर्गीकरण सार्वजनिक गरेको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख ग्रेड ए मा बढुवा भएका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ग्रेड बी मा झरेका छन् ।

२०२२ को ग्रेडमा रोहित सी र आसिफ बी ग्रेडमा थिए । ए ग्रेडमा रहेका ज्ञानेन्द्र मल्ल बी ग्रेडमा झरेका छन् । बलरात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने भने क्यानको ग्रेडमा पर्न सकेनन् । महिलातर्फ भने क्यानले १८ बाट १२ मा झारेको छ । क्यानले २०२३ को जनवरी देखि जुन सम्म ६ महिनाको लागि यो ग्रेड कायम गरेको जनाएको छ ।

पुरुषतर्फ ए ग्रेडका खेलाडीले मासिक ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार प्राप्त गर्नेछन् । महिलातर्फ ए ग्रेडका खेलाडीले मासिक २१, बी ग्रेडका खेलाडीले १८ र सी ग्रेडका खेलाडीले १५ हजार पाउनेछन् ।

पुरुषतर्फ २०२३ जनवरी देखि जुनसम्म ग्रेड :

ग्रेड ए : रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख
ग्रेड बी : आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल

ग्रेड सी : कमलसिंह ऐरी, विनोद भण्डारी, गुलशन झा, अर्जुन साउद, अभिनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव ।

महिलातर्फ

ग्रेड ए : रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा,

ग्रेड बी : मा काजोल श्रेष्ठ, कविता कुँवर, अस्मिना कर्माचार्य

ग्रेड सी मा : कविता जोशी, विन्दु रावल, संगिता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.