default_image

3 years ago

February 1, 2023

शरद पहिलो पटक ग्रेडबाट बाहिरिए

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अनुभवी खेलाडी शरद भेषावकर नेपाल क्रिकेट संघ (क्यान) को ग्रेड विभाजन (केन्द्रिय सम्झौता) बाट बाहिरिएका छन् । शरद पहिलो पटक ग्रेडबाट बाहिरिएका हुन् ।

आइसिसी टि२० विश्वकप २०१४ खेलेपछि नेपालमा ग्रेड सुरु भएको थियो । २०१५ देखि सुरु भएको ग्रेडमा शरद पहिलो पटक बाहिरिएका हुन् । शरद पछिल्लो पटक २०२२ र २०२१ मा ग्रेड बी मा थिए । त्यसअघि शरद ग्रेड ए मा रहँदै आएका थिए ।

नेपालका अनुभवी खेलाडी शरद झण्डै एक वर्षपछि सिनियर टोलीमा पनि छैनन् । शरदले पछिल्लो पटक अन्तर्राष्ट्रिय खेल गतवर्ष ओमानमा आइसिसी टि२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश समिम्मिलत टि२० आई सिरिज खेलेका थिए ।
शरदले २०२२ मा तीन टि२० आई खेलमा दुई खेलमा अविजित रहँदै १५ रन बनाएका थिए ।

उनले गतवर्ष ओमानविरुद्ध ४ रनमा अविजित, युएईविरुद्ध १० रनमा अविजित र आयरल्यान्डसँग एक रनमा आउट भए । आयरल्यान्डसँगको खेल नै उनले खेलेको अन्तिम खेल हो । शरदले ओडिआई भने २०२१ को सेप्टेम्बरमा अल अमरेतमा ओमानविरुद्ध खेलेका थिए ।

नेपालका अनुभवी खेलाडी शरदले मात्रै ४ ओडिआई खेल खेलेका छन् । उनले टि२० आई भने २० खेल खेलेका छन् । दुई सातापछि टियु क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध सिरिजको लागि शरद अन्तिम २८ मा छन् ।

तीव्र गतिका बलर विक्रम सोबपनि ग्रेडबाट बाहिरिएका छन् । विक्रम गत वर्ष ग्रेड सी मा थिए । विक्रमले २०२२ मा एकमात्रै ओडिआई युएईविरुद्ध खेलेका थिए । त्यस्तै अलराउन्डर पवन सरार्फ पनि ग्रेडबाट बाहिरिएका छन् । पवन सरार्फले २०२२ मा पाँच ओडिआई खेलमा १९ रन बनाउँदा ४ विकेट लिएका थिए ।

पवनले २०२२ को टि२० आईमा पाँच खेलमा ४१ रन बनाउनुको साथै एक विकेट लिएका थिए । गतवर्ष पवन ग्रेड सी मा थिए ।
साहब आलम र सुशान भारी पनि ग्रेडबाट बाहिरिएका छन् । स्पिनर साहब आलमले २०२२ मा तीन टि२० आई खेलमा दुई विकेट लिएका थिए ।

सुशान भारी २०२२ मा दुई ओडिआई खेल खेल्दा विकेटविहीन बनेका थिए । साहब र सुशान यसअघि ग्रेड सी मा थिए । क्यानले २०२३ को जनवरी देखि जुनसम्म केन्द्रिय सम्झौता गरेको जनाएको छ ।

२०२३ जनवरी देखि जुनसम्म ग्रेड :

ग्रेड ए : रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख

ग्रेड बी : आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल

ग्रेड सी : कमलसिंह ऐरी, विनोद भण्डारी, गुलशन झा, अर्जुन साउद, अभिनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.