default_image

7 months ago

February 14, 2023

नामिबियालाई पहिलो पटक हराउने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल नामिबियामाथि सानदार जित हात पार्ने सोचका साथ मैदान उत्रनेछ । नेपालले ओडिआईमा नामिबियालाई पहिलो पटक हराउन चाहन्छ । नेपालले चार ओडिआई खेल खेल्दा नामिबियासँग तीन हार […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल नामिबियामाथि सानदार जित हात पार्ने सोचका साथ मैदान उत्रनेछ ।

नेपालले ओडिआईमा नामिबियालाई पहिलो पटक हराउन चाहन्छ । नेपालले चार ओडिआई खेल खेल्दा नामिबियासँग तीन हार र एक खेलमा वर्षाको कारण रद्ध छ । नेपाल घरेलु मैदान, वातावरण र समर्थकको भरपूर्ण फाइदा उठाउने सोचमा हुनेछ।नामिबिया २०१६ पछि पटक नेपालमा खेल्दैछ । २०१६ मा दुबै खेलमा नामिबिया नेपालसँग पराजित भएको थियो ।

नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव १२ खेल खेल्न बाँकी छ । जसमा चार खेल युएईमा गएर खेल्नेछ । ८ खेल घरेलु मैदानमा हुनेछन् । नेपालले सबै खेल जित्न सके शीर्ष तीनको सम्भावना अंक गणीतिय देखिन्छ । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपाल पहिलो खेलमै सानदार जितका साथ पुरै मेमोन्ट आफ्नो हातमा राख्न चाहन्छ ।

नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । नामिबिया नेपाल भ्रमणमा शीर्ष तीन औपचारिक रुपमा पक्का गर्ने लक्ष्यमा हुनेछ ।

मुख्य प्रशिक्षक मोन्टी देशाईको यो पहिलो प्रतियोगिता हो । देशाईलाई खेलाडी चिन्ने र कमजोरी सुधार गर्ने राम्रो अवसर समेत हो । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पाँच महिनापछि मैदान फर्किदैछन् । उनको प्रदर्शन निकै महत्वपूर्ण रुपमा हेरिएको छ । राम्रो प्रदर्शनको लागि दबाब पनि हुनेछ ।

नेपालका प्रमुख ब्याटरमा रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी छन् । यी तीन मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । ओपनरबाट नेपाल राम्रो सुरुवात चाहन्छ । पछिल्लो समय नामिबिया भ्रमणमा तल्लोक्रममा खेलेका कुशल विकेटकिपर अर्जुन साउद टोलीबाट बाहिरिएपछि फर्किएका हुन् । सर्वाधिक अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लबाट नेपाल घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन चाहन्छ । त्योे टोलीको लागि आवश्यक पनि छ ।

रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको ब्याटिङले मध्यक्रम निर्धारण गर्ने देखिन्छ । यस पटक आरिफ शेख टोलीमा छैनन् । त्यो स्थानमा कुशल मल्ल खेल्न सक्छन् । कुशल बायाँ हाते ब्याटरसँगै स्पिनको राम्रो विकल्प हुन् । उता नामिबियाको टोलीमा स्पिनर बेनार्ड शोल्ट्ज र तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान छन् । रणनीतिक हिसाबमा पनि कुशल सफल हुनसक्छन् ।

तीव्र गतिका बलरमा करण केसी र सोमपालको स्थान पक्का छ । गुलशन झाले पछिल्ला केहि खेलमा राम्रो गरेको हुँदा उनलाई पनि मौका दिनसक्छ । तीन तीव्र गतिका बलर खेलाउँदा नेपालको ब्याटिङमा गहिराई हुनेछ । स्पिनरमा सन्दीपको स्थान पक्का छ । ललितनारायण राजवंशी र सूर्य तामाङ मध्य एकले खेल्ने सम्भावना छ ।

यता नामिबियाका कप्तान जेरार्ड इरास्मसको विकेट नेपाललाई धेरै महत्वपूर्ण हुनेछ । २०२२ को आइसिसी क्रिकेटर अफ द एसोसियटको उपाधि जितेका जेरार्डले सानदार प्रदर्शन गर्दै आएका छन् । २०२२ मा ओडिआई क्रिकेटमा सर्वाधिक रन बनाउने जेरार्ड मध्यक्रममा राम्रो स्पिन खेल्ने गर्दछन् । उनले २०१६ मा नेपालमा खेलि सकेका छन् ।

जेन ग्रिन, माइकल भान लिगेन र जेन निकोल लोफ्टी राम्रो ब्याटिङका लागि चिनिन्छन् । बायाँ हाते स्पिनर बेनार्डबाट नेपाल बच्नुपर्ने हुन्छ । उनले गत जुलाईमा नेपालविरुद्ध एकै खेलमा पाँच विकेट लिएका थिए । तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान पनि नायक बन्नसक्छन् ।

नेपालले दोस्रो खेल स्कटल्यान्डसँग शुक्रबार र नामिबियासँग शनिबार खेल्नेछ । स्कटल्यान्डसँग अन्तिम खेल मंगलबार खेल्नेछ ।

हेड टु हेड :

नेपालले लिग-२ मा नामिबियालाई हराउन सकेको छैन । खेलेको चार मध्य तीन खेलमा नामिबिया विजयी भएको छ । एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । गत जुलाईमा स्कटल्यान्डमा नामिबियाले नेपाललाई ४० र ६३ रनले पराजित गरेको थियो ।

गत डिसेम्बरमा घरेलु मैदानमा नामिबियाको पहिलो खेल वर्षाले रद्द हुँदा दोस्रो खेलमा ८६ रनले हराएको थियो । नामिबियासँग सबै खेलमा लक्ष्य पछ्याउँदा नेपाल पराजित भएको थियो । त्यसैले नेपालले आजको खेलमा टस जितेको खण्डमा पहिला ब्याटिङ गर्ने निर्णय लिनसक्छ । नेपालमा नामिबियाको असली परिक्षा समेत हुनेछ ।

नेपालले हालसम्म ७ देशसँग ओडिआई खेल खेलेको छ । जसमा हराउन नसकेको नामिबिया मात्रै एक टोली हो । नेपालले नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया, ओमान, पपुवा न्युगिनी, युएई र अमेरिकासँग हालसम्म ओडिआई खेल खेलेको छ।

प्रत्यक्ष प्रसारण

नेपालमा प्रत्यक्ष प्रसारणको जिम्मा कान्तिपुर टेलिभिजनले गर्नेछ । विदेशमा फ्यान कोड, आइसिसी टिभी र कान्तिपुरबाट हेर्न सकिनेछ ।

टिकट :

टिकटको मूल्य १ सय ५० रुपैयाँ राखिएको छ । जुन टिकट सामान्य दर्शकको लागि राखिएको छ । ३ सय ५० रुपैयाँ तिर्नेले भित्र कुर्चीमा बसेर हेर्न पाउनेछन् ।

नामिबियाको टोली :

जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, जान फ्रिलिंक, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, जोशुआन जुलिउस, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ ।

यो पनि : नामिबियाविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

दीपेन्द्रको ब्याट खुल्ने आशा

घरेलु मैदानको फाइदा उठाउने सोचमा नेपाल

नामिबियाका प्रमुख दुई स्टार नआउने, नेपाललाई फाइदा

September 24, 2023

अष्ट्रेलियामाथि भारतको अर्को सानदार जित

एजेन्सी – भारतले दोस्रो ओडिआई खेलमा सानदार ब्याटिङ प्रदर्शनका साथ अष्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एकखेल अगावै जितेको छ । जितको लागि ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८.२ ओभरमा २ सय १७ रनमा अल आउट भयो । जितको लागि ४ […]

September 24, 2023

क्रिकेट राजनीतिमा पारसको अद्भूत उडान

भूपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्काले २०७८ साउन १९ गते अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । ३३ बर्षकै उमेरमा सन्न्यास घोषणा गर्दा उनका समर्थकले मात्र होइन समग्र विश्व क्रिकेट जगत नै आश्चर्यमा परेको थियो । उनको सन्न्यासमा धेरैले आ–आफ्नो धारणा पनि राखेका थिए । तर पारसले सन्न्यास […]

September 24, 2023

गिल र ऐरको शतकमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य

एजेन्सी – ओपनर शुभमन गिल र श्रेयस ऐरको शतकको सहयोगमा भारतले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य दिएको छ । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनायो । भारतका श्रेयस ऐरले ९० बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय […]

Success

Thank you for your time.