default_image

3 years ago

February 20, 2023

नामिबियाविरुद्ध स्कटल्यान्डको मध्यम सुरुवात

184 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद) – स्कटल्यान्डले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध मध्यम प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले सुरुवाती २३ ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाएको छ।

स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन र विकेटकिपर म्याथ्यु क्रस ९–९ रनमा अविजित छन् । क्रिसटोपर म्याकब्राइड ७५ बलमा ७ चौकासहित ४७ रनमा आउट भए । तेस्रो विकेटका लागि रिची र क्रिसटोफरले ४३ रनको साझेदारी गरेका थिए ।

म्याकब्राइड स्पिनर पिक्की या फ्रान्सको बलमा क्याच आउट भएका थिए । तीव्र गतिका बलर टांगेनी लुगांमेनीले ओपनर काइल कोट्जरलाई तेस्रो बलमै शून्यमा क्याच गराएका थिए ।

उनी एज लागेर विकेटकिपर जेन ग्रिनबाट क्याच आउट भएका थिए । डेब्यू खेल खेलेका लियाम नेलर २० रनमा बोल्ड आउट भए । दुई खेलाडी ज्याक जार्विस र क्रिस सोल चोेटका कारण खेल्न नसक्ने भएपछि उनले डेब्यू पाएका थिए ।

तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले उनलाई बोल्ड आउट गरे । उनले २१ बलमा ४ चाका हाने । स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्ड नेपालसँग तीन विकेटले पराजित भएको थियो।

नामिबिया नेपालसँग भने दुई र तीन विकेटले पराजित भएको थियो । स्कटल्यान्डले अन्तिम खेल नेपालसँग मंगलबार खेल्नेछ। स्कटल्यान्ड तीन खेल अगावै विश्वकप लिग २ को च्याम्पियन बनेको थियो । आजको खेल स्कटल्यान्डले जित्दा नेपाललाई फाइदा पुग्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.