default_image

1 year ago

February 22, 2023

सन्दीपलाई युएई लैजान क्यानले प्रक्रिया थाल्यो

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले स्पिनर सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई लैजान प्रक्रिया अघि बढाएको छ । नेपाली क्रिकेट टोली शनिबार युएई प्रस्थान गर्दैछ ।

१७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीप गत पुष २८ मा धरौटीमा छुटेका थिए । सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाएको छ । सन्दीपको राहदानी रोक्का गर्न गृहमन्त्रालयलाई जानकारी दिएको थियो । अदालतले विदेश जान रोक लगाएको हुँदा क्यानले प्रक्रिया अघि बढाएको हो ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासले प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । ‘कानुनले भनेको कुरा हामीले फलो गरेका छौं । पुरै प्रक्रिया के हो मलाई पुरा जानकारी छैन । त्यसैले बोल्न उचित नहोला । यदि कानुनले अनुमति दिन्छ भने युएई लैजानी भन्ने सोच चाहिँ हो’, विनोद दासले हाम्रो खेलकुदसँग भने ।

त्यसैमा दासले थपे, ‘त्यसको लागि क्यानले पत्रचार गरेको छ । यसमा केहि सकरात्मक कुरा आउँदा वितिक्कै हामी अगाडि बढाउँछौं । हामी जाने भने राष्ट्रिय खेलकुद परिषद्(राखेप) मार्फत नै हो । त्यसैले परिषद्मार्फत नै अघि बढाएका छौं । सन्दीपलाई युएई लैजान क्यानले जुन प्रक्रिया बढाउनु पर्ने हो त्यो गरेको छ ।’

मंगलबार सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए । सन्दीपले पहिलो खेलमा नामिबियाविरुद्ध १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए । दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले नामिबियाविरुद्ध १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । स्कटल्यान्डविरुद्ध १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिएका थिए ।

नेपालले पहिलो पटक लिग २ मा सबै चारै खेलमा जित हात पारेको थियो । अन्तिम विदेश भ्रमणको रुपमा लिग २ मा युएई गर्दैछ । युएई र पपुवा न्युगिनीसँग दुई दुई खेल खेल्नेछ । त्यसपछि घरेलु मैदान टियुमा युएई र पपुवा न्युगिनीसँग समान दुई खेल खेल्नेछ । नेपाललाई ओडिआई मान्यता बचाउन ८ मध्य पाँच खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न सबै खेल जित्नुपर्ने हुन्छ।

भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि त्यो सूचना केहि मिनेटमै संसारभर फैलिएको थियो ।

एक महिनापछि सन्दीप नेपाल आएका थिए । काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । सन्दीप ९९ दिन सुन्धरास्थित केन्द्रिय कारागारमा विताएका थिए ।

सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अर्को दिन सन्दीप छुटेका थिए । क्रिकेट खेल्न पाउने वा नपाउने कुनै जानकारी दिएको थिएन ।

बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको थियो । क्यानले उक्त निलम्बन माघ १७ मा पोखरामा बसेको बोर्ड बैठकबाट हटाएको थियो । क्यानले माघ १९ मा सन्दीपलाई नेपाली टोलीमा क्याम्पमा राखेको थियो । माघ २६ मा सन्दीपलाई समेट्दै नेपाली टोली घोषणा गरेको थियो ।

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.