default_image

1 year ago

February 23, 2023

म्याक्सवेल अष्ट्रेलिया टोलीमा फर्किए

86 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल चार महिनापछि टोलीमा फर्किएका छन् । अष्ट्रेलियाले भारतसँग हुने तीन ओडिआई खेलको सिरिजको लागि १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा म्याक्सवेल, मिचेल मार्श र झेय रिचर्ड्सन टोलीमा फर्किएका छन् ।

गत कार्तिकमा म्याक्सवेलको एक जन्मदिनको पार्टीमा लड्न पुग्दा खुट्टा भाँचिन पुगेको थियो । जन्मदिनको पार्टीमा सहभागी म्याक्सवेल बगैंचामा जन्मदिन मनाइरहेका साथीसँग कुद्दै गर्दा लड्न पुगेका थिए ।

अष्ट्रेलिया प्रमुख अलराउन्डर म्याक्सवेल टोलीमा फर्किदा ब्याटिङ मजबुत बन्नेछ । भारत र अष्ट्रेलियाबीचको पहिलो ओडिआई खेल आगमी मार्च १७ मा वानखडे स्टेडियम मुम्बईमा हुनेछ । दोस्रो खेल १९ मार्च र २२ मार्चमा तेस्रो खेल चेन्नईमा हुनेछ । भारत र अष्ट्रेलियाबीच चार टेस्ट खेलको सिरिज सकिन बाँकी छ । दुई खेल सकिँदा भारत २-१ ले अघि छ । तेस्रो खेल मार्च १ देखि इन्डोरमा हुनेछ ।

अष्ट्रेलियाको ओडिआई टोली :

प्याट कमिन्स, शन एबोट, एश्टन अगर, एलेक्स केरी, क्यामरन ग्रीन, ट्रविस हेड, जोश इंग्लिस, मार्नस लाबुसेन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, झेय रिचर्ड्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्क स्टोइनिस, डेविड वार्नर र एडम जाम्पा ।

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.