default_image

1 year ago

February 23, 2023

क्रिकेटर आदिल तीन लाख धरौटीमा छुटे

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा स्टप फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका अलराउन्डर आदिल आलम तीन लाख धरौटीमा छुटेका छन् । आदिल, मेहबुब आलमसहित तीनै जना तीन लाख धरौटीमा छुटेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले आदिल धरौटीमा छुटेको जानकारी दिएका छन् । अदालतले बुधबार आदिललाई धरौटीमा छाड्ने फैसला गरेको थियो । ‘आदिलसहित तीन जनालाई धरौटीमा छाडेको हामीले पनि जानकारी पाएका छौं । तीन लाख धरौटीमा छुटेका थिए । यो क्रिकेट र स्पटको कुरा हो । आदिलले पूर्ण रुपमा फैसला नपाउन सम्म नेपाली क्रिकेट टोलीबाट खेल्ने सम्भावना कम हुन्छ । हिजो नै फैसला आएको हो । आज विहान छुटे होलान्’, विनोद दासले हाम्रो खेलकुदसँग भने ।

आदिलले अदालत सामु आफूले स्पट फिक्सिङ अस्वीकार गरेका थिए । आदिललाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले गत माघ ९ मा प्रकाउ गरेको थियो ।

महबुब आलमले सिनियर टोलीबाट खेलेका दुई खेलाडीलाई प्रस्ताव गरेका थिए । सिआईबीका अनुसार आदिललाई एउटा नो बल र अर्को वाइड फ्याँक्न नै प्रस्ताव आएको थियो । आदिलले त्यसै अनुसार मैदानमा नो र वाइड पनि फ्याँकेका थिए ।

सिआईबीले त्यो आइसिसीको नियम अनुसार एसियुलाई कुनैपनि जानकारी दिएका थिएनन् । आदिल अन्सारीले नेपाल टि२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए ।

गत पुष १९ मा नेपाल टि२० लिगमा खेल मिलेमतो (म्याच फिक्सिङ) र स्पट फिक्सिङ बारे प्रश्न उठेपछि गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छानविनका लागि निर्देशन दिएको थियो । सिआईबीले आशंका लागेका क्रिकेटरसँग अनुसन्धार गरेको थियो ।

आदिलले नेपालबाट ६ ओडिआई र ८ टि२० आई खेल खेलेका छन् । आदिलले मधेश क्रिकेटबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । आदिल तल्लोक्रममा आक्रामक ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् ।

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.