default_image

1 year ago

February 23, 2023

युएईको रोमान्चक जितले नेपाललाई फाइदा

153 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईले नामिबियामाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । युएईको रोमान्चक जितले नेपाललाई भने फाइदा पुग्नेछ।

जितको लागि ९२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको युएईले ३३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । एक समय ६५/७ को दयनीय अवस्थामा पुगेको युएईलाई सातौं विकेटका लागि आयान खान र जुनैद सिद्दिकले १६ रनको साझेदारी गरेका थिए ।
युएईको जितमा आयन खान ५४ बलमा २ चौका र १ छक्कासहित ३५ रनमा अविजित रहे ।

तीन विकेट लिँदै जितमा अलराउन्ड प्रदर्शन गरेका आयन खेलको प्लेयर अफ द म्याच चुनिए । युएईलाई जितको लागि एक रन चाहिँदा आयन खानको क्याच नामिबियाका खेलाडीले छाड्दै अप्रत्याशित टाई गर्नबाट चुकेका थिए । टिमलाई जितको लागि ८२ रन चाहिँदा युएईले नवौं विकेटको रुपमा हजरत विलाल खानलाई गुमाएको थियो । त्यसपछि आयन खानले जित सम्म पुर्याएका थिए ।

एक समय युएई ७.५ ओभरमा ३५–२ को अवस्थामा थियो । ओपनर वृत्य अरविन्द २७ बलमा २ चौकासहित १८ र मोहम्मद वासिम १६ बलमा २ चौकासहित ११ रनमा आउट भएका थिए । त्यसपछि युएईले एकपछि अर्को विकेट लगातार गुमाएको थियो । चिराग सुरी ५, सिपी रिजवान ११, आसिफ खान डक, रोहन मुस्तफा र कार्तिक मयाप्पन ४–४ रनमा आउट भएपछि युएई ६५–७ को दयनीय अवस्थामा पुगेको थियो ।

नामिबियाका टांगेनी लुगांमेनीले १० ओभरमा २ मेडनसहित २० रन खर्चेर ४ विकेट लिए । रुबेन ट्रम्पलम्यानले १० ओभरमा २ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए । बेन सिकोंगोले दुई विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया ३१.१ ओभरमा ९१ रनमा अल आउट भएको थियो । नामिबियाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नामिबियाको ओडिआईमा यो तेस्रो कम योगफल हो । यसअघि नामिबिया सबैभन्दा कम योगफलमा २००३ मा अष्ट्रेलियाविरुद्ध ४५ रनमा अल आउट भएको थियो । त्यसैवर्ष पाकिस्तानसँग ८४ रनमा अल आउट भएको थियो ।

त्यसपछि यो सबैभन्दा कम योगफल हो । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३० रनमा आउट भए । विकेटकिपर जेन ग्रीन २८ बलमा १ चौकासहित २४ र माइकल भान लिंगेनले १५ रन बनाए । अन्य कुनैपनि नामिबियाका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

युएईका तीव्र गतिका बलर जहुर खानले ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । स्पिनर आयन खान ९ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे । अर्का स्पिनर कार्तिक मयाप्पनले ३।१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।

युएईको जितले नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न फाइदा पुग्नेछ । नामिबियाले अव अन्तिम खेल शनिबार युएईसँग खेल्नेछ । नामिबिया उक्त खेलमा विजयी हुँदा ३९ अंक र पराजित हुँदा ३७ अंकमा रोकिनेछ । युएईले नेपालसँग चार र पपुवा न्युगिनीसँग चार खेल खेल्न बाँकी छ । नेपालले बाँकी सबै खेल जित्दा ४२ अंकमा पुग्नेछ । युएईले नेपाल बाहेक अन्य सबै ५ खेल जितेको खण्डमा ३९ अंकमा पुग्छ । त्यसैले युएईको जितले नेपाललाई फाइदा पुग्नेछ । किनकी युएई नेपालसँग चार खेल खेल्न बाँकी छ ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । युएई २७ खेलमा १३ मा जित र ११ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नामिबिया ३५ खेलमा १८ मा जित र १६ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

स्कटल्यान्ड र ओमान समान ३६ खेलमा ५० अंक र ४४ अंक हुँदै सोझै विश्वकप छनोटमा पुगेका छन् । अव युएई, नेपाल र नामिबिया मध्य एक टोली पुग्नेछन् । नेपालले सबै खेल जितेको खण्डमा सोझै विश्वकप छनोटमा पुग्नेछ । सिधैं ओडिआई मान्यता जोगाउन बाँकी ८ मध्य पाँच खेल जित्नुपर्ने हुन्छ ।

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.