default_image

1 year ago

February 23, 2023

भारतलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

172 views

0 Bookmark

एजेन्सी – साविक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टि२० विश्वकपको पहिलो सेमिफाइन खेलमा भारतलाई पाँच रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले फाइनलमा इंग्ल्यान्ड वा दक्षिण अफ्रिका मध्य एकसँग खेल्नेछ ।

जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । भारतकी कप्तान हरमनप्रीत कौरले ३४ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा रन आउट भइन् ।

उनी ३२ बलमा ४१ रन आवश्यक हुँदा रन आउट भएकी थिइन् । अर्को ओभरको अन्तिम बलमा विकेटकिपर रिचा घोष ठूलो शट खेल्ने धुनमा १५ रनमा क्याच आउट भएपछि भारतको जित कठिन बनेको थियो । कौर क्रिजमा हुँदा सहज जित देखिएपनि उनी आउट भएपछि कठिन बनेको थियो ।

ओपनर शफाली बर्मा ९ रनमा एलबीडब्लू आउट भइन् । तीव्र गतिकी बलर मेगन स्कटको बलमा एलबीडब्लू आउट भएकी थिइन् । स्मृति मन्धना २ रनमा आउट भैइन् । यस्तिका भाटिया ४ रनमा रन आउट हुँदा भारत २८(३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि कौर र जेमिमाह रोड्रिग्जले ६९ रनको साझेदारी गरेका थिए ।

रोड्रिग्ज २४ बलमा ६ चौकासहित ४३ रनमा आउट हुन पुगेकी थिइन् । तल्लोक्रममा दिप्ती शर्माले १७ बलमा २ चौकासहित २० रन बनाएपनि जित दिलाउन सकिनन् ।

अष्ट्रेलियाकी डार्सी ब्राउनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । मेगन स्कटले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिइन । एलिसा गार्डनरले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि केप टाउनमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा ओपनर बेथ मुनीले ३७ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५४ रन बनाएकी थिइन । कप्तान मेघ लानिङ ३४ बलमा ४ चौका र २ छक्कासहित ४९ रनमा अविजित रहिन् ।

अन्तिम ओभरमा कप्तान मेघ लानिङले दुई छक्का र एक चौकासहित कुल १८ रन जोड्नु जितको आधार बन्यो । पहिलो विकेटका लागि बेथ मुनी र एलिसा हेलीले ७.३ ओभरमा ५२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । हेली २६ बलमा ३ चौकासहित २५ रनमा स्टम्पिङ आउट भइन् । तेस्रो विकेटका लागि कप्तान मेघ लर्निङ र एलिसा गार्डनरले ५३ रनको साझेदारी गरेका थिए ।

एलिसा गार्डनर १८ बलमा ५ चौकासहित ३० रनमा आउट भइन् । भारतकी शिखा पाण्डेले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिइन् । दिप्ती शर्मा र राधा यादवले एक एक विकेट लिइन् । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलको विजेताले उपाधिको लागि आइतबार फाइनलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

May 12, 2024

सैनिकलाई यू-१६ क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । उपाधिसँगै सैनिकले डेढ लाख रुपैयाँ हात पार्यो । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा सैनिकले जितका लागि ९ ओभरमा […]

May 12, 2024

राजस्थानविरुद्ध जित पछि चेन्नाईको प्लेअफ सम्भावना बलियो

एजेन्सी – राजस्थान रोयल्स विरुद्ध सहज जित दर्ता गरेको चेन्नाई सुपर किंग्सको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ । चेन्नाईको घरेलु मैदानमा भएको खेलमा राजस्थान रोजल विरुद्ध ५ विकेटको जित दर्ता गरेको चेन्नाईले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । राजस्थानले दिएको १४२ रनको मध्यम लक्ष्य चेन्नाईले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर […]

May 12, 2024

एपिएफको विजयी सुरुवात 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा वर्षाका कारण ढिलो सुरु भएर ५ ओभरमा घटाइएको खेलमा एपिएफले कोशी प्रदेश विरुद्ध २४ रनको जित दर्ता गर्दै विजयी सुरुवात गरेको हो ।  टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले इन्दु वर्माको […]

Success

Thank you for your time.