3 years ago
February 24, 2023
एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुक र अनुभवी ब्याटर जो रुटको सानदार शतकमा इंग्ल्यान्डले दोस्रो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । वेलिंग्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पहिलो दिन मात्रै ६५ ओभरमा ३ विकेट गुमाउँदै ३ सय १५ रन बनाएको छ।

युवा ब्याटर ह्यारी ब्रुक १ सय ६९ बलमा २४ चौका र ५ छक्कासहित १ सय ८४ रनमा अविजित छन् । ब्रुक आफ्नो करिअरको पहिलो दोहोरो शतक प्रहार गर्न मात्रै १६ रनले टाढा छन् । अनुभवी ब्याटर जो रुट १ सय ८२ बलमा ७ चौकासहित १ सय १ रनमा अविजित छन् । रुटको यो टेस्ट करिअरको २९ औं शतक हो । ह्यारी ब्रुकको चौथो शतक हो ।
एक समय २१–३ को दयनीय अवस्थामा पुगेको इंग्ल्यान्डलाई सानदार पूनरागमन गराउन चौथो विकेटका लागि ब्रुक र रुटले ३ सय ५० बलमा २ सय ९४ रनको साझेदारी गरेका छन् ।
वर्षाको कारण पहिलो दिन अन्तिम सेसन भने हुन सकेन । इंग्ल्यान्डले पछिल्लो एक वर्षमा विश्व टेस्ट क्रिकेटमै फरक रुपमा प्रस्तुत हुँदै विष्फोटक ब्याटिङ गर्दै आएको छ । विष्फोटक शैलीलाई इंग्ल्यान्डले निरन्तरता दिएको छ ।
तीव्र गतिका बलर म्याट हेनरीले ओपनर ज्याक क्रलीलाई २ र तेस्रो नम्बरका ब्याटर ओली पोपलाई १० रनमा क्याच आउट गराएका थिए । बेन डकेट कप्तान टिम साउथीको बलमा ९ रनमा क्याच आउट भए । दुई टेस्ट खेलको सिरिजमा इंग्ल्यान्ड १(० ले अघि छ । पहिलो खेलमा इंग्ल्यान्ड २ सय ६७ रनले विजयी भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]