3 years ago
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरविरुद्ध मध्यम सुरुवात गरेको छ । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले १४ ओभरमा १ विकेट गुमाउँदै ६२ रन बनाएको छ ।

नेपालको क्रिजमा अर्जुन कुमाल ३३ बलमा ३ चौकासहित २८ रनमा छन् । आकाश त्रिपाठी ३७ बलमा २ चौका र १ छक्कासहित २८ रनमा क्रिजमा छन् । ओपनर दीपक बोहरा १६ बलमा १ चौकासहित ५ रनमा आउट भए ।
नेपालले आजको खेलमा नेपाली यू१९ टोलीमा ७ खेलाडीलाई डेब्यू दिएको छ । दीपक बोहरा, आकाश त्रिपाठी, सुवास भण्डारी, हेमन्त धामी, दीपक डुम्रे, दीपक बोहरा र मिलन बोहराले पहिलो पटक नेपाली यू-१९ टोलीबाट खेलेका छन् । नेपालले पहिलो खेलमा आकाश चन्द, दीपेश कँडेल र उत्तमथापामगरलाई बेन्चमा राखेको छ ।
उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । नेपाल पनि २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ।
नेपालको प्लेइङ ११ : दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी, हेमन्त धामी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, दीपक बोहरा र मिलन बोहरा ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]