3 years ago
February 24, 2023
एजेन्सी – युवा स्पिन अलराउन्डर आयन अफ्जल खानले आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा यूएईको कप्तानी गरेका छन् । घरेलु टोली युएईले पहिलो खेलमा आजमानमा रहेको मलेक क्रिकेट ग्राउन्डमा टस हारेर मलेसियाविरुद्ध पहिला फिल्डिङ गरेको छ । जसमा आयन खान अफ्जल युएईका कप्तान रहेका छन् ।

आयन खान युएईका सिनियर टोलीका प्रमुख सदस्य हुन् । बिहीबार नामिबियालाई एक विकेटले हराउन आयन खानले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच चुनिएका थिए । नामिबियालाई ९१ रनमा अल आउट गर्न आयनले तीन विकेट लिनुको साथै ३५ रनमा अविजित रहँदै रोमान्चक जित दिलाएका थिए ।
१७ वर्षीय अर्थोड्रक्स स्पिनर आयनले ४ ओडिआई खेलमा ८ विकेट लिनुको साथै एक अर्धशतकसहित १ सय १७ रन बनाएका छन् । आयन खानले गत नोभेम्बरमा नेपालविरुद्ध पहिलो ओडिआई खेलमा डेब्यू गर्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।
आयन खानले पहिलो खेलमै ४ विकेट लिनुको साथै २६ रन बनाएका थिए । तेस्रो खेलमा आयन ५४ रनको यादगार इनिङ खेलेका थिए । आयन नै नेपालविरुद्धको तीन खेलको सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

नेपाल र युएईबीचको फागुन १८ (मार्च२) मा सिनियर र यु१९ टोली दुबैको खेल छ । सिनियर टोली आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत प्रतिस्पर्धा गर्नेछ । दुबैको सिनियर टोली बाँकी सबै खेलमा जितका साथ शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न चाहन्छन् । यो अवस्थामा आयनले सिनियर टोलीबाट खेल्छन् की यू१९ बाट भन्न सक्ने अवस्था छैन ।
६ टोली सहभागी यू१९ एसिया छनोटको विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउँछन् । नेपाल र युएई उपाधिका प्रमुख दुई दावेदार टोली हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]