default_image

3 years ago

February 24, 2023

सिंगापुरविरुद्ध आकाशको अर्धशतक

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले २७ ओभरमा १ विकेट गुमाउँदै १ सय ८ रन बनाएको छ । डेब्यू खेल खेलेका आकाश ८२ बलमा ५ चौका र १ छक्कासहित ५५ रनमा अविजित छन् । युवा ओपनर अर्जुन कुमाल ६६ बलमा ३ चौकासहित ३७ रनमा अविजित छन् ।

दोस्रो विकेटका लागि अर्जुन र आकाशले ९३ रनको साझेदारी गरि सकेका छन् । ओपनर दीपक बोहरा १६ बलमा १ चौकासहित ५ रनमा आउट भए । नेपालले आजको खेलमा नेपाली यू-१९ टोलीमा ७ खेलाडीलाई डेब्यू दिएको छ । दीपक बोहरा, आकाश त्रिपाठी, सुवास भण्डारी, हेमन्त धामी, दीपक डुम्रे, दीपक बोहरा र मिलन बोहराले पहिलो पटक नेपाली यू-१९ टोलीबाट खेलेका छन् । नेपालले पहिलो खेलमा आकाश चन्द, दीपेश कँडेल र उत्तमथापामगरलाई बेन्चमा राखेको छ ।

उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । नेपाल पनि २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ।

नेपालको प्लेइङ ११ : दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी, हेमन्त धामी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, दीपक बोहरा र मिलन बोहरा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.