default_image

3 years ago

February 24, 2023

दीपक पनि आउट

255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सिंगापुरविरुद्ध नेपालले पाँचौं विकेटको रुपमा दीपक बोहरालाई गुमाएको छ । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले ४२ ओभरमा ५ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको छ ।

नेपालका विशाल विक्रम केसी २८ बलमा २ छक्कासहित २६ रनमा क्रिजमा अविजित छन् । उनलाई विकेटकिपर दीपक प्रसाद डुम्रेले २ रनमा साथ दिएका छन् । डेब्यू खेल खेलेका दीपक बोहराले १५ बलमा २ चौकासहित १७ रनमा बोल्ड हुन पुगे

नेपाली युवा टोलीलाई ओपनर आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित ७८ रनमा बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । लुम्बिनीबाट घरेलु क्रिकेट खेल्ने आकाशको यो अन्तर्राष्ट्रिय उमेर समूहमा पहिलो खेल हो । यस पटकको यू-१९ राष्ट्रिय प्रतियोगितामा आकाश सर्वाधिक रन बनाउनेक्रममा दोस्रो स्थानमा थिए । आकाशले ७ खेलमा २ सय ३७ रन बनाएका थिए ।

कप्तान देव खनाल पनि २६ बलमा १ चौकासहित २१ रनमा आउट भए । देव अभ्युदय छाजेरको बलमा एलबीडब्लू आउट भए । अर्का युवा ओपनर अर्जुन कुमाल ६७ बलमा ३ चौकासहित ३७ रनमा बोल्ड आउट भए । दोस्रो विकेटका लागि अर्जुन र आकाशले ९३ रनको साझेदारी गरेका थिए ।

अर्जुन महियु भाटियाको बलमा बोल्ड आउट हुन पुगेका थिए । ओपनर दीपक बोहरा ५ रनमा आउट भएपनि अर्जुन र आकाशले राम्रो साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

नेपाली यू–१९ टोलीमा ७ खेलाडीले डेब्यू गरेका छन् । दीपक बोहरा, आकाश त्रिपाठी, सुवास भण्डारी, हेमन्त धामी, दीपक डुम्रे, दीपक बोहरा र मिलन बोहराले पहिलो पटक नेपाली यू–१९ टोलीबाट खेलेका छन् ।

नेपालले पहिलो खेलमा आकाश चन्द, दीपेश कँडेल र उत्तम थापामगरलाई बेन्चमा राखेको छ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.