default_image

1 year ago

February 24, 2023

हेमन्तलाई डेब्यू विकेट

256 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा तीव्र गतिका बलर हेमन्त धामीले आइसिसी यू(१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरविरुद्ध डेब्यू विकेट लिएका छन् । नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले ३ ओभरमा १ विकेट गुमाउँदै ४ रन बनाएको छ ।

हेमन्त धामीले तेस्रो ओभरको तेस्रो बलमा ओपनर राहिल खानलाई आकाश त्रिपाठीबाट शून्यमा क्याच गर्दै डेब्यू विकेट लिएका हुन् । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने हेमन्त नयाँ बलका साथ उत्कृष्ट बलिङ गर्ने गर्दछन् । १० बल खेलेका राहिलले खाता भने खोल्न सकेनन् ।

सिंगापुरको क्रिजमा अर्जुन नागपल ७ बलमा १ रन बनाउँदै खेलेका छन् । उनलाई अभुदयले साथ दिनेछन् । त्यसअघि युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनायो ।

नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित ७८ रनमा बनाउँदै राम्रो सुरुवात दिलाउदै आउट भएका थिए । लुम्बिनीबाट घरेलु क्रिकेट खेल्ने यी दुई खेलाडीले नेपालको लागि अर्धशतक प्रहार गरेका थिए ।

सिंगापुरका आर्यविर चौधरीले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । अभुदय छाजेरले ९ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । आदित्य भार्गव र महियु भाटियाले एक एक विकेट लिए

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.