default_image

3 years ago

February 24, 2023

नेपालको उत्कृष्ट बलिङ सुरुवात

260 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाललले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरविरुद्ध उत्कृष्ट बलिङ सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले १६ ओभरमा ३ विकेट गुमाउँदै ३८ रन बनाएको छ ।

सिंगापुरका अभुदय छाजेर ३९ बलमा २ चौकासहित १३ रन र सिद्धान्त श्रीकन्त ५ रनमा क्रिजमा छन् । सिंगापुरका ओपनर अर्जुन नागपल ३५ बलमा २ चौकासहित १४ रनमा रन आउट भए ।

हेमन्त धामीले तेस्रो ओभरको तेस्रो बलमा ओपनर राहिल खानलाई आकाश त्रिपाठीबाट शून्यमा क्याच गर्दै डेब्यू विकेट लिएका थिए । स्पिनर सुवास भण्डारीले महियु भाटियालाई हेमन्त धामीबाट ३ रनमा क्याच गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए । स्पिनर सुवास भण्डारीको यो डेब्यू विकेट हो ।

त्यसअघि युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनायो ।

नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित ७८ रनमा बनाउँदै राम्रो सुरुवात दिलाउदै आउट भएका थिए । लुम्बिनीबाट घरेलु क्रिकेट खेल्ने यी दुई खेलाडीले नेपालको लागि अर्धशतक प्रहार गरेका थिए ।

सिंगापुरका आर्यविर चौधरीले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । अभुदय छाजेरले ९ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । आदित्य भार्गव र महियु भाटियाले एक एक विकेट लिए

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.