default_image

1 year ago

February 25, 2023

कुवेतमाथि नेपालको विशाल जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू-१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ। लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । जितको लागि ३ सय ४४ रनको […]

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू-१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ। लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि ३ सय ४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १ सय रनमा अल आउट भयो । कुवेतका ओपनर जुडे क्रिस्टोफर साल्दानाले सर्वाधिक २६ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपाललाई तीव्र गतिका बलर आकाश चन्दले छैटौं ओभरको चौथो बलमा ओपनर हेट किशोरभाई हिन्शुलाई १६ बलमा ३ चौकासहित १६ रनमा देव खनालबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । तीव्र गतिका बलर हेमन्त धामीले अर्का ओपनर जुडे क्रिष्टोफर सल्धानालाई दीपक बोहराबाट २६ रनमा क्याच गराउँदै दोस्रो सफलता दिलाए ।

उनले २४ बलमा ४ चौका प्रहार गरे । आकाशले साउद मोहम्मद सदाथलाई ८ रनमा क्याच गराए । हेमन्त धामीले गौथम मोहनदासलाई एक रनमा बोल्ड गरेपछि कुवेत ५२–४ को दयनीय अवस्थामा पुगेको छ । आकाशले हेनरी थोमसलाई ३ रनमा आउट गरे ।

नेपालका आकाश चन्दले ९.५ ओभरमा ४३ रन खर्चेर ६ विकेट लिए । हेमन्त धामीले ६ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । स्पिनर दीपेश कँडेलले ८ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनाएको थियो । नेपाललाई विशाल योगफलमा पुर्याउन देव खनाल र अर्जुन कुमालले उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक एकै इनिङमा दुई ब्याटरले शतक हान्दै कीर्तिमान रचेका छन् ।

यसअघि कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली एक ब्याटरले मात्रै एक इनिङमा शतक हान्दै आएका थिए । नेपालको जितमा कप्तान देव खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेले । देवको यो करिअरको पहिलो शतक हो । देव खनालले १ सय ५ बलमा शतक पूरा गरेका थिए ।

१७ वर्षीय ओपनर अर्जुन कुमाल १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रनमा क्याच आउट भए । अर्जुनको यो करिअरको पहिलो शतक हो । अर्जुनले १ सय ७ बलमा शतक पूरा गरेका थिए । कप्तान देव खनाल र अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय ७० रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगपफलको आधार तय गरेका थिए ।

नेपालको सुरुवात केहि कमजोर रहेको थियो । ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भए । ओपनर अर्जुन कुमाल र दीपक बोहराले ८।४ ओभरमा ४० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । सिंगापुरविरुद्ध ७८ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका आकाश त्रिपाठी २ रनमा रन आउट हुँदा नेपाल ४५-२ को अवस्थामा पुगेको थियो ।

त्यसपछि नेपाललाई देव खनाल र अर्जुन कुमालले शतकीय साझेदारी गर्दै खेलमा पूरै हाबी बनाएका थिए । तल्लोक्रमका विशाल विक्रमे केसी १४ बलमा ४ चौकासहित २३ र दीपक बोहरा ९ बलमा ४ चौकासहित १९ रनमा आउट भए । दीपक डुम्रे १६ बलमा १ चौकासहित २०, दीपेश कँडेल र सुवास भण्डारीले २-२ रन बनाए ।

कुवेतका हेनरी थोमसले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिए । अर्श साहिल काज्मीले ९ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा ९६ रनले विजयी भएको थियो ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपालले फागुन १५ (फेब्रुअरी २७) मा हङकङसँग खेल्नेछ ।

नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

May 1, 2024

कमल र सागर समेट्दै विश्वकप टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट […]

May 1, 2024

वेस्ट इन्डिज ‘ए’ लाई श्रृंखलामा अग्रता 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो । बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गर्यो । वेस्ट […]

Success

Thank you for your time.