3 years ago
February 25, 2023
एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न अव बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ । अन्तिम खेलमा नामिबियाले युएईलाई ७ विकेटले हराएसँगै उक्त समिकरण बनेको हो।

आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगेको छ ।
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ । अव नेपाल, नामिबिया र युएई मध्य एक टोली शीर्ष तीनमा रहँदै विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौं स्थानमा छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नामिबियाले ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकमा अन्त्य गरेको छ ।
नेपालले अव युएईसँग चार र पपुवा न्युगिनीसँग चार खेल खेल्नेछ ।
युएईले नेपाल र पपुवा न्युगिनीसँग ४-४ खेल खेल्नेछ । नेपाल, पपुवा न्युगिनी र युएईबीच दुबईमा सोमबार त्रिकोणात्मक ओडिआई सिरिज चल्नेछ । त्यसपछि यी तीन टोलीबीच टियु मैदानमा लिग २ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

नेपालले नामिबियालाई पछि पार्न ८ मध्य ७ खेल जित्नुपर्ने हुन्छ । नेपालले सबै खेल जित्दा ४२, ७ खेलमा जित्दा ४० र ६ खेल जित्दा ३८ अंक हुनेछ । ३८ अंक शीर्ष तीनमा पर्न पर्याप्त हुनेछैन । किनभने नामिबियाको ३९ अंक छ । त्यसैले नेपालले ८ मध्य ७ खेल जितेको खण्डमा शीर्ष तीनम पर्नेछ । नेपालले कम्तिमा युएईलाई अव चार मध्य तीन खेलमा हराउनु पर्ने हुन्छ ।
युएई नेपालसँग तीन खेलमा हार र बाँकी सबै पाँच खेलमा जित निकाल्दा ३९ अंकमा मात्रै पुग्नसक्छ । नेपालले युएईसँग एक खेलमा हार र बाँकी सबै खेलमा जित निकाल्दा ४० अंक हुनेछ । जुन शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पर्याप्त हुनेछ । यदि नेपाल अव दुई खेलमा पराजित भएमा सोझै विश्वकप छनोटको सम्भावना समाप्त हुनेछ । र क्वालिफायर प्लेअफ खेल्ने पक्का हुनेछ ।
सोझै अोडिआई मान्यता जोगाउन पाँच जित आवश्यक
नेपालले अव सोझै ओडिआई मान्यता जोगाउन ८ मध्य ५ खेल जित्नुपर्ने हुन्छ । नेपालले ५ खेल जित्दा ३६ अंक हुनेछ । शीर्ष पाँचमा पर्न ३६ अंक पर्याप्त हुनेछ । किनभने चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंक छ । नेपाल शीर्ष पाँचमा पर्न अमोरिकालाई पछि पार्नुपर्ने हुन्छ । अमेरिकालाई पछि पार्न नेपालले ५ खेल जित्नुपर्ने हुन्छ । पाँच खेल भन्दा कम जितेको खण्डमा भने प्लेअफमा ओडिआई मान्यता निर्भर रहनेछ ।
लिग २ का पुछारका चार टोलीले क्वालिफायर प्ले अफ खेल्नेछन् । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली र क्यानडा र जर्सी रहनेछन् । क्वालिफायर प्लेअफमा शीर्ष चारमा रहने दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछ । लिग २ मा शीर्ष पाँच र क्वालिफायर प्लेअफमा शीर्ष चारमा पर्न नसके चार वर्षको लागि ओडिआई मान्यता गुम्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]