default_image

1 year ago

February 26, 2023

टियुको लय दुबईमा निरन्तर कायम राख्ने नेपालको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले अन्तिम विदेश भ्रमणको रुपमा युएईमा प्रतिस्पर्धा गर्नेछ । नेपाल, युएई र पपुवा न्युगिनीबीच हुने यस त्रिकोणात्मक ओडिआई सिरिज सोमबार देखि दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा सुरु हुनेछ। नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग सोमबार खेल्दै सुरुवात गर्नेछ । नेपाल लिग २ मा २८ खेलमा १२ […]

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले अन्तिम विदेश भ्रमणको रुपमा युएईमा प्रतिस्पर्धा गर्नेछ । नेपाल, युएई र पपुवा न्युगिनीबीच हुने यस त्रिकोणात्मक ओडिआई सिरिज सोमबार देखि दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा सुरु हुनेछ।

नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग सोमबार खेल्दै सुरुवात गर्नेछ । नेपाल लिग २ मा २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । नेपाललाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सहजै जोगाउन कम्तिमा ५ खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न ७ खेल जित्नुपर्ने हुन्छ ।

पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंकका साथ पुछारमा छ । पपुवा न्युगिनीले पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्ने पक्का भई सकेको छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । युएई शीर्ष तीनमा पर्न कम्तिमा ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै जोगाउन युएईले चार खेल जित्नुपर्ने हुन्छ ।

यस पटक युएई भ्रमणमा नेपालको मनोबल उच्च छ । नेपालले यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा सबै खेल जितेको थियो । नेपाल टियुको उच्च प्रदर्शन दुबईमा गर्ने सोचमा हुनेछ । दुबईको प्रदर्शनले नेपाली क्रिकेटको आगमी चार वर्षको भविष्य निर्धारण हुने देखिन्छ ।

नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । उक्त खेलमा नेपालले २ सय ८६ रनको विशाल लक्ष्य १४ बल अगाडिनै ८ विकेटको क्षतिमा पूरा गरेको थियो । जुन नेपालले आफ्नो ओडिआई क्रिकेट इतिहासमा उच्च योगफल पूरा गरेको थियो । उक्त खेलमा कुशल भुर्तेलले १ सय १५ र कप्तान रोहित पौडेलले ७२ रनको योगदान दिएका थिए ।

नेपालले दोस्रो खेलमा लिग २ च्याम्पियन स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । उक्त खेलमा नेपालले २ सय ७५ रनको लक्ष्य पूरा गरेको थियो । तेस्रो खेलमा नामिबियालाई तीन विकेटले हराउनेक्रममा २ सय ७५ रनको लक्ष्य पूरा गरेको थियो ।
लगातार २ सय ७० माथि तीन खेलमा पूरा गरेको नेपालले अन्तिम खेलमा स्कटल्यान्डलाई दुई विकेटले पराजित गर्यो ।

अन्तिम खेलमा २ सय १३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा पूरा गरेको थियो । एक समय ६१–५ को दयनीय अवस्थामा पुगेको नेपाललाई जिताउन कप्तान राहितले ९५ रनको अविजित इनिङ खेलेका थिए । मुख्य प्रशिक्षक मोन्टी देशाईको आगमनपछि नेपालको मनोबल फेरिएको छ ।

टियु क्रिकेट मैदानमा घरेलु मैदान र कन्डिसनको फाइदा उठाउँदै सानदार जित हात पारेको नेपाल सोही लय दुबईमा निरन्तरता दिन चाहन्छ । तर दुबईमा सुखद नतिजा निकाल्न सहज भने हुनेछैन । नामिबिया र युएईबीचको दुई ओडिआई खेल हेर्दा ब्याटिङ गर्न सहज अवस्था देखिदैन । पहिलो खेलमा ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ९ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालको टोलीमा तीन खेलाडी भित्रिंदा दुई बाहिरिएका छन् । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने टोलीमा छैनन् । नेपाललाई चारै खेल जिताउन महत्त्वपूर्ण योगदान दिएका सन्दीपको स्थानमा लेग स्पिनर मौसम ढकालले मौका पाएका छन् । सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाएको हुँदा जान नपाएका हुन् ।

त्यस्तै आरिफ शेख टोलीमा फर्किएका छन् । आरिफ टोलीमा फर्किदा नेपालको तल्लोक्रम ब्याटिङ थप मजबुत हुनेछ । आरिफ तीव्र गतिका बलिङ विकल्प पनि हुन् । भरपर्दा ब्याटर आरिफ शेखले सन्दीप जोराको स्थान लिने सम्भावना छ । बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी पहिलो पटक टोलीमा परेका छन् । प्रतिश आफ्नो डेब्यू भ्रमण यादगार बनाउन चाहन्छन् ।

स्कटल्यान्ड र नामिबियासँगको सिरिजमा नेपालका सबै ब्याटरले प्रदर्शन गरेका थिए । चारै खेलमा फरक खेलाडी प्लेयर अफ द म्याच चुनिएका थिए । त्यसैले नेपालको मनोबल फेरिएको छ। नेपालका तीव्र गतिका बलर पावर प्लेमा राम्रो सुरुवात दिनबाट चुक्दै आएका छन् । त्यो कमजोरीलाई नेपालले ध्यान दिनुपर्ने हुन्छ ।

स्पिन आक्रामण तुलनात्मक रुपमा कमजोर छ । नेपालको ब्याटिङ प्रमुख हतियार हो । आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख र कुशल मल्ल जस्ता ब्याटर नेपाली टोलीमा हुनेछन् । सोमपाल कामी र करण केसीपनि तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

यो सिरिज तालिका अनुसार पपुवा न्युगिनीमा हुनुपर्ने हो । तर त्यहाँ खेल संरचना राम्रो नभएपछि युएईमा सारिएको हो । नेपालले लिग २ मा युएईलाई हराउन सकेको छैन । गतवर्ष लिग २ मा युएईसँग दुवै खेलमा पराजित भएको थियो । पपुवा न्युगिनीलाई दुवै खेलमा हराएको थियो ।

पपुवा न्युगिनीको लागि युएई र नेपाल भ्रमणका कुल ८ खेल क्वालिफायर प्लेअफ अघि तयारी हुनेछन् । तर पपुवा न्युगिनीलाई कमजोर भने आक्नु हुँदैन । गतवर्ष पपुवा न्युगिनीले नेपाललाई टियु मैदानमा दुवै खेलमा पराजित गरेको थियो । लिग २ मा पपुवा न्युगिनीले अमेरिका र युएईलाई स्तब्ध पारि सकेको छ ।

पपुवा न्युगिनीका चाल्र्स अमिनी, कप्तान असाद भाला र टोनी उरा प्रमुख ब्याटर हुन् । यी तीन ब्याटर चलेको खण्डमा जित कठिन पर्न सक्छ । अलराउन्डर नर्भन भानुआ पपुवा न्युगिनीका प्रमुख हतियार हुन् ।

यता युएईका मोहम्मद वासिम र वृत्य अरविन्द राम्रो लयमा छन् । गत साता अफगानिस्तानलाई हराउन ओपनर मोहम्मद वासिमले ९१ रनको सानदार इनिङ खेलेका थिए । तीव्र गतिका बलर जुनैद्ध सिद्दिक र जहुर खानको जोडी घातक बन्नसक्छ । नेपालले टियुको ब्याटिङ सहयोगी पिचमा खेलेको थियो । तर दुबईको मैदानमा केहि संयमित हुन आवश्यक देखिन्छ ।

नेपालको लक्ष्य सबै चार खेल जितेर फर्किने हुनेछ । युएई भ्रमण नेपाल र मोन्टी देशाईको असली परिक्षा समेत हुनेछ ।
लिग २ का शीर्ष तीन टोली सोझै विश्वकप छनोटमा पुग्नेछन् । स्कटल्यान्ड र ओमान सिधैं विश्वकप छनोटमा पुगेका छन् । अव नेपाल,युएई र नामिबिया मध्य एक टोली सोझै विश्वकप छनोटमा पुग्नेछन् ।

पपुवा न्युगिनी र अमेरिकाले प्लेअफ क्वालिफायर खेल्ने पक्का भएको छ । लिग २ का पुछारका चार टोलीले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । लिग २ का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी गरि कुल ६ टोलीले प्लेअफ क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् । जसबाट दुई टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । शीर्ष चारमा रहने दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ ।

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

May 1, 2024

कमल र सागर समेट्दै विश्वकप टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट […]

May 1, 2024

वेस्ट इन्डिज ‘ए’ लाई श्रृंखलामा अग्रता 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो । बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गर्यो । वेस्ट […]

Success

Thank you for your time.