3 years ago
February 27, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १०:४५ मा मलेक क्रिकेट ग्राउन्ड एकमा सुरुहुनेछ।

नेपाल प्रतियोगितामा लगातर तेस्रो जितको सोचमा हुनेछ । ६ टोली सहभागी यस प्रतियोगिता विजेता टोलीले आगमी वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल प्रमुख दावेदार टोली हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यता युएईले मलेसियालाई ७ विकेट र हङकङलाई १ सय ६३ रनले हराएको थियो ।
समान ४ अंक भएपनि नेटरनरेटमा माथि रहँदै युएई शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ । हङकङले पहिलो खेलमा कुवेतलाई एक विकेटले हराएको थियो । कुवेतलाई फराकिलो अन्तरले हराउन कप्तान देव खनालले १ सय २५, अर्जुन कुमालले १ सय ८ र तीव्र गतिका बलर आकाश चन्दले ६ विकेट लिएका थिए ।
कप्तान देव र अर्जुनको प्रदर्शन महत्वपूर्ण हुनेछ । पहिलो खेलमा अर्धशतक प्रहार गरेका आकाश त्रिपाठी र विशाल विक्रम केसी पनि राम्रो ब्याटिङका लागि चिनिन्छन् ।
ओपनर दीपक बोहरालाई भने राम्रो सुरुवात दिन आवश्यक पर्दछ । नेपालले आजको खेलमा टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । तीव्र गतिका बलरमा आकाश र हेमन्त धामीलाई मैदान उतार्नेछ । स्पिनरमा सुवास भण्डारी र दीपेश कँडेल हुनेछन् । पार्ट टाइम स्पिनरमा दीपक बोहरा र विशाल विक्रम केसी हुनेछन् ।
प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।
नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।
आज नै नेपाललको सियिनर टोलीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पपुवा न्युगिनीसँग खेल्दैछ । खेल मध्याहन्न ११ : ४५ मा सुरुहुनेछ ।
नेपाली यू–१९ टोली :
देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]