default_image

3 years ago

February 27, 2023

लगातार तेस्रो जितको सोचमा नेपालको युवा टोली

345 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १०:४५ मा मलेक क्रिकेट ग्राउन्ड एकमा सुरुहुनेछ।

नेपाल प्रतियोगितामा लगातर तेस्रो जितको सोचमा हुनेछ । ६ टोली सहभागी यस प्रतियोगिता विजेता टोलीले आगमी वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल प्रमुख दावेदार टोली हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यता युएईले मलेसियालाई ७ विकेट र हङकङलाई १ सय ६३ रनले हराएको थियो ।

समान ४ अंक भएपनि नेटरनरेटमा माथि रहँदै युएई शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ । हङकङले पहिलो खेलमा कुवेतलाई एक विकेटले हराएको थियो । कुवेतलाई फराकिलो अन्तरले हराउन कप्तान देव खनालले १ सय २५, अर्जुन कुमालले १ सय ८ र तीव्र गतिका बलर आकाश चन्दले ६ विकेट लिएका थिए ।

कप्तान देव र अर्जुनको प्रदर्शन महत्वपूर्ण हुनेछ । पहिलो खेलमा अर्धशतक प्रहार गरेका आकाश त्रिपाठी र विशाल विक्रम केसी पनि राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

ओपनर दीपक बोहरालाई भने राम्रो सुरुवात दिन आवश्यक पर्दछ । नेपालले आजको खेलमा टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । तीव्र गतिका बलरमा आकाश र हेमन्त धामीलाई मैदान उतार्नेछ । स्पिनरमा सुवास भण्डारी र दीपेश कँडेल हुनेछन् । पार्ट टाइम स्पिनरमा दीपक बोहरा र विशाल विक्रम केसी हुनेछन् ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।

आज नै नेपाललको सियिनर टोलीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पपुवा न्युगिनीसँग खेल्दैछ । खेल मध्याहन्न ११ : ४५ मा सुरुहुनेछ ।

नेपाली यू–१९ टोली :

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.