default_image

3 years ago

February 27, 2023

नेपाली क्रिकेट टोलीमा प्रतिशको डेब्यू

329 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुपा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका छन् । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर सोमपाल कामीले प्रतिशलाई डेब्यू क्याप दिएका हुन् ।

प्रतिशले तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । नेपाल टि२० लिगमा प्रतिशले पोखरा एभेन्जर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने प्रतिश बायाँ हाते बलर हुन् । प्रतिशले नेपालको यू१९ र यू१६ टोलीबाट खेलि सकेका छन् । प्रतिश पावर प्ले र डेथ ओभर दुबैमा उत्कृष्ट बलिङ गर्दछन् ।

प्रतिश नेपालबाट ओडिआईमा डेब्यू गर्ने ३७ औं खेलाडी हुन् । प्रतिश यस वैकल्पिक खेलाडीको सूचिमा थिए । पछिल्ला दुई सिरिजमा लगातार उनी वैकिल्पक सूचिमा थिए । प्यूठानमा जन्मिएका प्रतिशले घरेलु क्रिकेट भने काठमाडौंबाट खेल्ने गर्दछन् ।

नेपालको यो लिग २ को अन्तिम विदेश भ्रमण हो । नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । यसपछि लिग २ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज नेपालमा यी तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपाल लिग २ मा २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ ।

नेपाललाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सहजै जोगाउन कम्तिमा ५ खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न ७ खेल जित्नुपर्ने हुन्छ ।

पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंकका साथ पुछारमा छ । पपुवा न्युगिनीले पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्ने पक्का भई सकेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.