default_image

3 years ago

February 27, 2023

नेपाली यू-१९ टोलीको उत्कृष्ट बलिङ सुरुवात

267 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङसँग उत्कृष्ट बलिङ सुरुवात गरेको छ । मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ३३ रन बनाएको छ ।

नेपालका तीव्र गतिका बलर हेमन्त धामीले सुरुवाती दुई विकेट लिँदा एक रन आउट गरेको छ । हङकङका अरेज दार २ र शिव महथुर ८ रनमा हेमन्तको बलमा क्याच आउट भए । अंश रुपेश दोशी ८ रनमा आउट भए ।

नेपालले आज एक परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा उत्तम थापामगरलाई डेब्यू दिएको छ । बागमती प्रदेशका उत्तम मध्यक्रमका ब्याटर हुन् । हेमन्तले ५ ओभरमा २ मेडनसहित ८ रन खर्चेर २ विकेट लिएका छन् ।

नेपाल प्रतियोगितामा लगातर तेस्रो जितको सोचमाछ। ६ टोली सहभागी यस प्रतियोगिता विजेता टोलीले आगमी वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल प्रमुख दावेदार टोली हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यता युएईले मलेसियालाई ७ विकेट र हङकङलाई १ सय ६३ रनले हराएको थियो ।

समान ४ अंक भएपनि नेटरनरेटमा माथि रहँदै युएई शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ । हङकङले पहिलो खेलमा कुवेतलाई एक विकेटले हराएको थियो । कुवेतलाई फराकिलो अन्तरले हराउन कप्तान देव खनालले १ सय २५, अर्जुन कुमालले १ सय ८ र तीव्र गतिका बलर आकाश चन्दले ६ विकेट लिएका थिए ।

नेपालको प्लेइङ ११ :

देव खनाल (कप्तान), दीपेश कँडेल, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, हेमन्त धामी, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.