default_image

3 years ago

February 28, 2023

नेपालले पहिलो पटक चार तीव्र गतिका बलर खेलायो

274 views

0 Bookmark

भुपेन्द्र जि.सी./ दुबई

नेपालले ओडिआई आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक प्लेइङ-११ मा चार प्रमुख तीव्र गतिका बलर खेलाएकोछ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पपुवा न्युगिनीलाई चार विकेटले हराउँदा प्रमुख चार तीव्र गतिका बलर टोलीमा थिए।

नेपालले पहिलो पटक ओडिआईमा चार तीव्र गतिका बलरलाई मैदान उतारेको थियो । तीव्र गतिका बलर सहयोगी पिच दुबईमा नेपालले आफ्ना प्रमुख दुई बलर सोमपाल कामी र करण केसीको जोडीलाई मैदान उतारेको थियो । बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.लाई डेब्यू दियो ।

त्यस्तै गुलशन झालाई पनि टोलीमा मैदान उतारेको थियो । २०१८ ललितसिंह भण्डारीपछि नेपाली टोलीमा पहिलो पटक बायाँ हाते तीव्र गतिका बलरले खेलेका थिए ।नेपालले पहिलो पटक चार तीव्र गतिका बलर मैदान उतारेको छ ।

नेपालको टोलीमा युएई भ्रमणमा ललितनारायण राजवंशी र मौसम ढकाल दुवैलाई बेन्चमा राख्यो। २०१८ मा नेदरल्यान्ड्सविरुद्ध अगष्ट १ मा ओडिआईमा डेब्यू गरेको नेपाल त्यसपछि हरेक खेलमा कम्तिमा एक स्पिनर मैदान उतार्दै आएको थियो । यसअघि नेपालले टोलीमा कम्तिमा एक प्रमुख स्पिनर खेलाउँदै आएको थियो । त्यसैले तीन सम्म तीव्र गतिका बलर मैदान उतार्दै आएको थियो ।

पहिलो ओडिआई खेलमा नेपालले सन्दीप लामिछाने, शक्ति गौचन र वसन्त रेग्मीलाई मैदान उतारेको थियो । त्यसपछि नेपालले निरन्तर दुई वा एक स्पिनर मैदान उतार्यो । शक्तिले पहिलो ओडिआई खेलपछि सन्न्यास लिए । त्यसपछि केहि समय वसन्त र सन्दीपले स्पिन आक्रामण सम्हाल्लेका थिए । सन्दीप, ललित नारायण राजवंशी र सुशान भारी नेपालको स्पिन आक्रामणमा थिए । सुशानपछि सागर ढकाललाई सन्दीपको जोडीको रुपमा मैदान उतारेको थियो ।

सन्दीपलाई बलात्कार आरोप लागेपछि नेपालले टियुमा युएईसँग तीन ओडिआई खेल र आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण गरेको थियो । युएईसँगको सिरिजमा ललित, नामिबिया भ्रमणमा ललित र सागरले खेलेका थिए । पहिलो पटक नेपालको प्लेइङ-११ मा स्पिनर नभएका हुन् । केहि खेलमा नेपालले बसिर अहमदलाई पनि स्पिनरको रुपमा खेलाएको थियो । पछिल्लो समय बसिर त टोलीको सिनारियो मै छैनन् ।

नेपालले पहिलो पटक चार तीव्र गतिका बलरलाई मैदान उतारेको छ । यसअघि नेपालले तीन तीव्र गतिका एकै पटक ओडिआईमा उतार्दै आएको थियो । युएईसँगको सिरिजमा सोमपाल, गुलशन र करण थिए । करण र सोमपाल नियमित हुँदा तेस्रो तीव्र गतिको बलरको रुपमा नेपालले गुलशन, कमल, अभिनाश बोहरा, किशोर महतो मध्य एकलाई मैदान उतार्दै आएको थियो । नियमित दुई तीव्र गतिका बलर नेपालले यसअघि खेलाउँदै आएको थियो ।

‘कप्तान रोहित पौडेलले पिचको कन्डिसनलाई हेरेर चार तीव्र गतिका बलरलाई खेलाउने निर्णय लिएको बताए । ‘विकेटहेरेपछि हामीलाई अनुभव भयो कि मिडियम पेसरमा कट बल हुनसक्छ । त्यसैले चार तीव्र गतिका बलर खेलाउने निर्णय लिएका हौं’, कप्तान रोहितले खेलपछि भने ।

टि२० आईमा भने २०२१ को त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध कमल, अभिनाश, करण र सोमपाल गरि चार तीव्र गतिका बलर मैदान उतारेको थियो ।

पपुवा न्युगिनीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । नेपालका चारै तीव्र गतिका बलरले विकेट लिन सफल भएका थिए । गुलशन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सीले ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा २ मेडनसहित ३० रन र्खेर १ विकेट लिए । सोमपाल कामीले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिए ।

नेपालले लिग-२ मा अव ७ खेल खेल्न बाँकी छ । नेपालले ७ खेल जिते सोझै विश्वकप छनोट खेल्न पाउनेछ । अन्यथा क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । सोझै ओडिआई मान्यता जोगाउन नेपालले अव चार खेल जित्नुपर्ने हुन्छ । उता शीर्ष पाँचमा पर्न नसके क्वालिफायर प्ले अफमा शीर्ष चारमा पर्दा पनि ओडिआई मान्यता जोगिनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.