default_image

3 years ago

February 27, 2023

करण र सोमपालको कसिलो बलिङ, बाउको संघर्ष

240 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपालले मध्यम प्रदर्शन गरेको छ । दुबई क्रिकेट मैदानमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङको निम्तो दिएको छ ।

पपुवा न्युगिनीले १५ ओभरमा १ विकेट गुमाउँदै ५० रन बनाएको छ । पपुवा न्युगिनीका सेसे बाउ ३० बलमा १० रनमा अविजित छन् । उनले नेपाली बलर सामु रन बनाउन संघर्ष गरेका छन् । ओपनर किप्लिङ डोरिगा ४६ बलमा ४ चौकासहित २७ रनमा अविजित छन् ।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पपुवा न्युगिनीका आक्रामण ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उराले १३ बल खेलेका थिए । नेपालका करण केसीले ५ ओभरमा २ मेडनसहित ७ रन खर्चेका छन् । सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित ६ रन खर्चेर १ विकेट लिएका छन् ।

डेब्यू खेल खेलेका प्रतिश जि.सीले सुरुवाती ४ ओभरमा २३ रन खर्चिएका छन् । गुलशन झाले २ ओभरमा ७ रन खर्चेका थिए ।

नेपालले पछिल्लो खेलमा स्कटल्यान्डविरुद्धबाट टोलीमा तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा प्रतिश जि।सीलाई नेपाली क्रिकेट टोलीमा डेब्यू दिएको छ । प्रतिशसँगै, गुलशन झा र आरिफ शेखले आज नेपालको प्लेइङ ११ मा छन् ।

तीव्र गतिका बलर सोमपाल कामीले प्रतिशलाई नेपालको ३७ औं डेब्यू क्याप दिएका हुन् । प्रतिशले तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । नेपाल टि२० लिगमा प्रतिशले पोखरा एभेन्जर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने प्रतिश बायाँ हाते बलर हुन् । प्रतिशले नेपालको यू१९ र यू१६ टोलीबाट खेलि सकेका छन् ।

आरिफ शेख स्कटल्यान्ड र नामिबियाविरुद्ध खेलमा भने विरामी हुँदा थिएनन् । आरिफले मौका पाउँदा सन्दीप जोरा बेन्चमा छन् । त्यस्तै ललित नारायण राजवंशीको स्थानमा गुलशन झाले स्थान पाएका छन् ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी . ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.