default_image

3 years ago

February 27, 2023

करण र सोमपालको कसिलो बलिङ, बाउको संघर्ष

242 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपालले मध्यम प्रदर्शन गरेको छ । दुबई क्रिकेट मैदानमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङको निम्तो दिएको छ ।

पपुवा न्युगिनीले १५ ओभरमा १ विकेट गुमाउँदै ५० रन बनाएको छ । पपुवा न्युगिनीका सेसे बाउ ३० बलमा १० रनमा अविजित छन् । उनले नेपाली बलर सामु रन बनाउन संघर्ष गरेका छन् । ओपनर किप्लिङ डोरिगा ४६ बलमा ४ चौकासहित २७ रनमा अविजित छन् ।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पपुवा न्युगिनीका आक्रामण ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उराले १३ बल खेलेका थिए । नेपालका करण केसीले ५ ओभरमा २ मेडनसहित ७ रन खर्चेका छन् । सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित ६ रन खर्चेर १ विकेट लिएका छन् ।

डेब्यू खेल खेलेका प्रतिश जि.सीले सुरुवाती ४ ओभरमा २३ रन खर्चिएका छन् । गुलशन झाले २ ओभरमा ७ रन खर्चेका थिए ।

नेपालले पछिल्लो खेलमा स्कटल्यान्डविरुद्धबाट टोलीमा तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा प्रतिश जि।सीलाई नेपाली क्रिकेट टोलीमा डेब्यू दिएको छ । प्रतिशसँगै, गुलशन झा र आरिफ शेखले आज नेपालको प्लेइङ ११ मा छन् ।

तीव्र गतिका बलर सोमपाल कामीले प्रतिशलाई नेपालको ३७ औं डेब्यू क्याप दिएका हुन् । प्रतिशले तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । नेपाल टि२० लिगमा प्रतिशले पोखरा एभेन्जर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने प्रतिश बायाँ हाते बलर हुन् । प्रतिशले नेपालको यू१९ र यू१६ टोलीबाट खेलि सकेका छन् ।

आरिफ शेख स्कटल्यान्ड र नामिबियाविरुद्ध खेलमा भने विरामी हुँदा थिएनन् । आरिफले मौका पाउँदा सन्दीप जोरा बेन्चमा छन् । त्यस्तै ललित नारायण राजवंशीको स्थानमा गुलशन झाले स्थान पाएका छन् ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी . ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.