default_image

3 years ago

February 27, 2023

गुलशनले दिलाए नेपाललाई दोस्रो सफलता

198 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद)– तीव्र गतिका बलर गुलशन झाले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपाललाई दोस्रो सफलता दिलाएका छन् । दुबई क्रिकेट मैदानमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङको निम्तो दिएको छ ।

पपुवा न्युगिनीले १६ ओभरमा २ विकेट गुमाउँदै ५२ रन बनाएको छ । पपुवा न्युगिनीका सेसे बाउ ३१ बलमा ११ रनमा अविजित छन् । बाउलाई कप्तान असाद भालाले साथ दिनेछन् । ओपनर किप्लिङ डोरिगालाई २८ रनमा क्याच आउट गराउँदै गुलशनले दोस्रो सफलता दिलाएका छन् ।

तीव्र गतिका बलर गुलशनको १६ औं ओभरको अन्तिम बलमा डोरिगा टप एज लागेर मिडअनमा करण केसीबाट क्याच आउट भए । उनले ५२ बलमा ४ चौका प्रहार गरे । दोस्रो विकेटका लागि डोरिगा र बाउले ५० रनको साझेदारी गरेका थिए ।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पपुवा न्युगिनीका आक्रामण ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उराले १३ बल खेलेका थिए ।

नेपालका करण केसीले ५ ओभरमा २ मेडनसहित ७ रन खर्चेका छन् । सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित ६ रन खर्चेर १ विकेट लिएका छन् । डेब्यू खेल खेलेका प्रतिश जि।सीले सुरुवाती ४ ओभरमा २३ रन खर्चिएका छन् । गुलशन झाले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिएका छन् ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी. ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.