3 years ago
February 27, 2023
भुपेन्द्र जि.सी./ दुबई
दुबई इन्टरनेशल क्रिकेट स्टेडियम बाहिर एक घण्टा कुरेपछि मात्रै नेपाली दर्शक आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध खेल हेर्न मैदान छिर्न पाएका छन् । झण्डै दुई दर्जन नेपाली समर्थक दुबई स्टेडियममा आएर नेपाली खेलाडीलाई साथ र हौसला प्रदान गरेका छन् ।

सुरुवातमा नेपाली समर्थकलाई मैदान प्रवेश गर्न दिएको थिएन । पिच साइडिङ डरको कारण सुरुवातमा आयोजकले नेपाली दर्शकलाई मैदान प्रवेशमा रोक लगाएको थियो । तर पछि एन्टि करप्सन युनिटसँगको छलफलपछि नेपाली समर्थकले मैदान छिर्न पाएका हुन् । सुरुवाती १५ ओभर पछि मात्रै नेपाली दर्शक मैदान छिर्न पाएका थिए ।
पिच साइडिङ बेटिङको एउटा पाटो हो । पिच साइडिङ भनेको मैदानमा आएर बेट लगाउने अन्य कुनै साथी वा ब्यक्तिलाई खेलको बारे जानकारी दिनु हो । लाइभ र स्कोर कार्डमा खेलको समय भन्दा केहि ढिलो हुन पुग्छ । जसले गर्दा मैदान आएका ब्यक्तिले बाहिर बसेर बेटिङ गर्नको लागि जानकारी दिनसक्छन् । जसलाई पिच साइडिङ भन्ने गरिन्छ । जसलाई कानुनले बन्देज लगाएको हुन्छ । टिकट खरिद गर्दा पछाडि त्यो गर्न नपाइने लेखिएको हुन्छ ।
गत डिसेम्बरमा नेपाल र युएईसँगको तीन खेलको ओडिआई सिरिजमा पनि पिच साइडिङको कारण केहि ब्यक्ति टियु क्रिकेट मैदानमा प्रकाउ परेका थिए । दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ३२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ११ रन बनाएको छ ।
पपुवा न्युगिनीका कप्तान असाद भाला २० र हिरि हिरि १० क्रिजमा छन् । नेपालका तीव्र गतिका बलर गुलशन झाले तीन र सोमपाल कामीले एक विकेट लिएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]