default_image

2 years ago

March 2, 2023

विश्वकपमा पुग्न नेपालले आज युएईसँग खेल्दै

236 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज युएईसँग खेल्दैछ। खेल नेपाली समय अनुसार १०ः ४५ मा आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा सुरुहुनेछ। यस खेलमा विजयी भएमा नेपाल २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।

पराजित भएमा विश्वकप खेल्ने सपना समाप्त हुनेछ । नेपाली टोली युएईलाई हराउँदै ८ वर्षपछि विश्वकप खेल्ने सोचमा छ ।सुरुवाती चार खेल खेल्दा दुवै टोली अपराजित छन् । युएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ । नेपाल र युएईवीचको खेलको विजेता टोली च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

नेपाल २०१६ पछि यू-१९ विश्वकप खेल्ने सोचमा हुनेछ । नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।

नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा एक रनले पराजित भएको थियो । नेपालले दिएको २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३० ओभरमा १२२-३ को अवस्थामा वर्षाले खेल रोकिएपछि नेपाल पराजित हुन पुगेको थियो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालले २०२० को विश्वकप खेल्न पाएको थिएन । कोरोना महामारीको कारण २०२१ को एसिया क्षेत्र छनोट हुन नसकेपछि युएई त्यहिँ एक रनको जितको कारण २०२२ को विश्वकप खेलेको थियो ।

नेपाल र युएईबीचको पछिल्ला पाँच छनोटको खेल हेर्दा युएई अघि भएको थियो । त्यहिँ एक रनको जितको कारण युएई अघि भएको थियो । एक रनको हारको कारण नेपालले दुई विश्वकप खेल्न पाएको छैन । नेपाल त्यसको बदला लिँदै ८ वर्षपछि विश्वकप खेल्न चाहन्छ । गतवर्ष सिनियर टोली पनि टि२० विश्वकप छनोट क्वालिफायर एको सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन ।

सानदार प्रदर्शन गरेको नेपालको मनोबल पनि उच्च छ । नेपालले ब्याटिङ र बलिङ दुवैमा उच्च प्रदर्शन गरेको छ । पहिलो खेलमा सिंगापुरलाई हराउन आकाश त्रिपाठी र विशाल विक्रम केसीले अर्धशतक प्रहार गरेका थिए । दोस्रो खेलमा कुवेतविरुद्ध कप्तान देव खनालले १ सय २५ र अर्जुन कुमालले १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । त्यहिँ खेलमा आकाश चन्दले ६ विकेट लिएका थिए ।

तेस्रो खेलमा नेपालका आकाश त्रिपाठीले अर्धशतक प्रहार गरेका थिए । नेपालको ब्याटिङ लाइनअप मजबुत छ । ओपनरमा दीपक बोहरा र अर्जुन कुमाल छन् । अर्जुनको विकेट लिन जो कोही बलरलाई कठिन पर्छ । घरेलु क्रिकेटमा सिनियर बलरविरुद्धनै उत्कृष्ट प्रदर्शन गरेका अर्जुन यस प्रतियोगितामा पनि सानदार लयमा छन् । उनीबाट नेपाल प्रमुख खेलमा उत्कृष्ट प्रदर्शन चाहन्छ

तेस्रो नम्बरमा आकाश त्रिपाठी छन् । आकाशले यस प्रतियोगितामा तीन मध्य दुई इनिङमा अर्धशतक प्रहार गरेका छन् । चौथो नम्बरमा कप्तान देव खनाल छन् । देव खनाल नेपालका प्रमुख हतियार हुन् । सिनियर टोलीबाट १० ओडिआई खेलको अनुभव बोकेका देवबाट नेपाल निर्णायक खेलमा एक यादगार इनिङ खेल्न चाहन्छ । अर्जुन र देव नेपालका प्रमुख ब्याटर हुन् । यी दुई खेलाडाीको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

पाँचौं नम्बरमा विशाल विक्रम केसी र छैटौं नम्बरमा दीपेश कँडेल छन् । यी दुबै खेलाडी ब्याटिङ राम्रो गर्दछन् । आकाश चन्द र मिलन बोहरा पनि बलिङ अलराउन्डर हुन् । त्यसैले नेपालको ब्याटिङमा गहिराई छ ।

नेपालको तीव्र गतिको बलमा हेमन्त धामी र आकाश चन्द छन् । यी दुवै बलरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । युएईविरुद्ध पनि नायक बन्न सक्छन् । स्पिनरमा सुवास भण्डारी र दीपेश कँडेलको जोडी हुनेछन् । यी दुई स्पिनर खेल्न युएईका ब्याटरलाई सहज भने हुनेछैन । तेस्रो स्पिनमा मिलन र चौथोमा विशाल छन् ।

नेपालको टोली सन्तुलित छ । दबाबम इनिङ सम्हाल्न सक्नुपर्छ । उता युएईको सिनियर टोलीबाट खेलि सकेका आयन खान कप्तान हुन् । स्पिन आयन देखि भने नेपाल सचेत हुनुपर्छ । आयन ब्याटिङ पनि राम्रो गर्ने गर्दछन् । यस प्रतियोगितामा युएईका ध्रुव परासर ४ खेलमा २ अर्धशतकसहित १ सय ९२ रनका साथ शीर्ष स्थानमा छन् । सर्वाधिक रन बनाउने ब्याटरको सूचिमा नेपालका अर्जुन कुमाल १ सय ८२ रनका साथ दोस्रो स्थानमा छन् ।

यस प्रतियोगितामा शतक हान्ने नेपालका दुई खेलाडी मात्रै हुन् । अन्य कुनैपनि देशका खेलाडीले शतक हानेका छैनन् । यस प्रतियोगितमा युएईका आयन खान र नेपालका आकाश चन्दले सर्वाधिक ११–११ विकेट लिएका छन् । ध्रुब परासरले १० विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेका छन् । ध्रुबले गतवर्ष यू१९ विश्वकप खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । ध्रुब र आयनबाट नेपाल सजग हुनुपर्छ । आयन घरेलु मैदान र कन्डिसनको फाइदा उठाउन चाहन्छ । नेपाल आफ्नो उच्च लय र प्रदर्शनलाई निरन्तरता दिने सोचमा छ ।

नेपालले आजको खेलमा टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । मलेसियाविरुद्ध नेपालको बेन्चमा विकेटकिपर दीपक डुम्रे, दुर्गेश गुप्ता र दीपक बोहरा थिए । नेपालले बलिङमा सानदार प्रदर्शन गरेको थियो । तीव्र गतिका बलरलाई कम सहयोग मिल्ने हुँदा दुर्गेशको सम्भावना कम छ । हेमन्त र आकाशको जोडीले निरन्तरता पाउनेछ । यी दुवै बलरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । डुम्रे र बोहरा ब्याटर हुन् । ब्याटर परिवर्तन गर्ने कुनै ठाउँ देखिदैन ।

युएईसँग खेल्नु अघि नेपालका कप्तान र प्रशिक्षकको भनाई :

‘अव पिडा भन्दा पनि देशमा एउटा खुसी दिलाउने हो । गएको कुरालाई बिर्सिउ । हो त्यो के हो भन्ने भित्र जिनमै छ । क्वालिफायर गरेर सबै नेपालीलाई अनुहारमा खुसी हेर्न चाहन्छौं’, जगत टमाटा नेपाली यू–१९ मुख्य प्रशिक्षक

‘विपक्षी टोली अलिकति कमजोर होलान् । यो उमेर समूहमा सबै बराबर नै हुन्छ । अलिकित हामीले राम्रो क्रिकेट खेलेको हो भन्न मिल्छ । दुई महिना हामीले जुन मिहिनेत गरेका थियौं त्यसको नतिजा पाई राखेका छौं । इतिहास लेखाउन अव एक कदम टाढा छौं । युएई र हाम्रो टोली बराबर छन् । यस खेलमा जसले उत्कृष्ट क्रिकेट खेल्छ त्यसैले जित्ने हो’, देव खनाल नेपाल यू–१९ कप्तान ।

नेपाली यू–१९ टोली :

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

June 15, 2025

उजिर सिंह क्रिकेटमा वेष्ट्रन विजयी सुरुवात

सुमन अधिकारी,बुटवल साविक विजेता वेष्ट्रन क्रिकेट क्लबले रुपन्देहीको पुरानो क्लब स्तरीय प्रतियोगिता उजिर सिंह रनिङ सिल्ड टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वेष्ट्रनले गोलपार्क क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । जितका लागि मात्र ७० रनको मध्यम लक्ष्य […]

June 15, 2025

मेलम्ची र पाँचपोखरी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मेलम्ची नगरालिका र पाँचपोखरी क्रिकेट क्लबले जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न सेमिफाइनल खेल वर्षाका कारण प्रभावित हुन पुग्यो । पहिलो सेमिफाइनल वर्षाका कारण रद्द भएपछि पाँचपोखरी क्रिकेट क्लब समूह […]

June 14, 2025

सोनुको अद्भुत अलराउन्ड प्रदर्शनमा मेलम्ची समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]

Success

Thank you for your time.