3 years ago
March 2, 2023
आजमान (हाम्रो खेलकुद) ( नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध नेपालले सुरुवातमै दुवै ओपनर गुमाएको छ । आजमानमा रहेको इडेन गार्डेन ओभलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पहिलो ४ ओभरमा २ विकेट गुमाउँदै ९ रन बनाएको छ ।

नेपालले पहिलो ओभरमै विकेट गुमायो । ओपनर दीपक बोहरालाई तीव्र गतिका बलर हरित हर्ष सिठ्ठीले बोल्ड आउट गरेका हुन् । चौथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल तीन रनमा स्टम्पिङ आउट भएका छन् । स्पिनर हर्षशितको सिठ्ठीको बलमा अर्जुन क्याच आउट हुन पुगेका थिए । क्रिजमा देव खनाल र आकाश त्रिपाठी छन् ।
नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ । आजको खेलमा पनि दुर्गेश गुप्ता, दीपक डुम्रे र दीपक बोहरा बेन्चमा छन् ।
नेपाल र युएई दुवै सुरुवाती चार खेलमा अपराजित छन् । समान ८ अंक भएपनि युएई नेटरनरेटको कारण शीर्ष स्थानमा छ । यस खेलको विजेताले आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल युएईलाई हराउँदै २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई निरन्तरता दिएको छ ।

नेपालको प्लेइङ ११ ः दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल, विशाल विक्रम केसी, मिलन बोहरा, दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द, हेमन्त धामी र उत्तम थापामगर (विकेटकिपर)
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]