default_image

3 years ago

March 3, 2023

‘विश्वकपमा पुगेको विश्वास नै लागेको छैन’– देव खनाल

502 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोलीका कप्तान देव खनालले आगमी वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपमा पुगेको विश्वास नै नलागेको बताएका छन् । आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईलाई ७ रनले हराउँदै नेपाल ८ वर्षपछि विश्वकपमा पुगेको छ ।

युएईमाथि नेपालले विहीबार अविश्वसनीय जित हात पार्दै विश्वकपमा पुगेको हो । नेपालको जितम स्पिनर दीपेश कँडेलले ह्याट्रिकसहित पाँच विकेट लिए । जितको लागि अन्तिम ८ रन चाहिँदा दीपेशले लगातार तीन विकेट लिँदै जित पक्का गराए । तर कप्तान देव खनालको प्रदर्शन र कप्तानी पनि त्यतिनै उत्कृष्ट रह्यो ।

एक समय १९-३ को अवस्था पुगेको नेपाललाई देवले ५१ रनको एक उत्कृष्ट इनिङ खेले । चौथो विकेटका लागि उत्तम थापामगर र देवले ८४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । खेलपछि आफूहरु विश्वकपमा पुगेको विश्वास नै नलागेको देव बताउँछन् ।

‘अव आज (बिहीबार) विश्वकपमा पुग्दा सर्वप्रथम मलाई विश्वास नै भएको छैन । जसरी हामीले क्रिकेट खेल्यौं । विश्वकपमा पुग्नी भनेर एउटा लक्ष्य लिएर आएका थियौं। विश्वकपमा नपुगेको ८ वर्ष भई सकेको थियो । जगत टमाटा गुरु हामीसँग हुनुन्थ्यो । वहाँ लक्की चाम हुनुन्थ्यो । मैले धेरै पटक भनेको छु’, जितपछि देवले भने ।

‘टिमको एउटा कम्बिनेसन थियो । जसरी हाम्रो सुरुवात भएको थियो । बोर्डमा १ सय ९१ रन थियो । जसरी उनीहरुले सुरुवात गरेका थिए । उनीहरुले पहिलो बल देखि हामीलाई डोमिनेट गर्न खोजेको थिएँ । जव म गए । मलाई त्यतिमात्रै थियो कि म टोलीलाई एउटा सम्मानजनक स्कोर सम्म लगेर जान्छु । मसँग जो खेल्छ त्यसलाई खेलाउछु भने । यो ५१ नको इनिङ मेरो जिन्दगीको उत्कृष्ट इनिङ हो । हामीले जुन अवस्थामा पूनरागमन गयौं त्यो एकदमै राम्रो थियो । विश्वकपमा जादा अहिलेसम्म विश्वास नै भएको छैन” उनले भने ।

त्यो उमेर समूह होस् वा सिनियर क्रिकेट टोलीको पछिल्लो समय युएईविरुद्ध निर्णायक खेलमा नेपालको इतिहास राम्रो छैन । सिनियर टोली गतवर्ष विश्वकपमा पुग्न निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो ।

२०१९ मा यू-१९ टोली युएईसँग एक रनले हार्दै दुई विश्वकप गुमाएको थियो । महिला टोली त झनै हाबी बन्दै आएको छ । तर नेपालले त्यो खराब इतिहासलाई अन्त्य गर्यो । देव एक दुई विकेट लिँदा खेलमा फर्किन सक्ने विश्वास रहेको बताउँछन् ।

‘मलाई यति मात्रै थाहा थियो कि हामीले एक दुई विकेट निकाल्यौं भने खेलमा पूनरागमन गर्न सक्छौं । अनि हामीले त्यो गयौं पनि । यतिधेरै महिनादेखि अभ्यास गरेका थियौं । धेरै कुराहरु प्रभाव पार्छ । भाग्य त म भन्दिन । १० प्रतिशत भाग्य होला । ९० प्रतिशतक कडा मिहिनेत नै हो’, देवले भने ।

नेपालले अन्तिम १८ बलमा ११ रन चाहिँदा स्पिनर दीपेश कँडेललाई बलिङ दिने निर्णय लियो । कप्तान देव खनालले उत्कृष्ट कप्तानी गर्दै एक ओभर स्पिनरको बचाएर राखेका थिए । उनको निर्णय सहि सावित भयो । तर देवले कसलाई बलिङ दिने भनेर निर्णय लिन धेरै कठिन परेको थियो ।

‘मैले कसलाई बलिङ देउ भनेर सोच्न ४-५ मिनेट नै खाए होला । त्यति बेला एकदमै दिमाग रन गर्नुपर्ने थियो । मैले धेरै सोचे । आफ्नो निर्णयलाई ब्याक गरे । आकाश चन्द र सबै खेलाडीहरुले मलाई साथ दिएँ । दीपेशले आज जे गर्यो त्यो मेरो कल थियो’, उनले भने ।

‘मैले नढाटी भन्दा जुन दिन यू१९ क्याम्पमा जोडिएको थिए । त्यो दिनै लागेको थियो त्यो टोली भित्र युएईलाई युएईको घरमा गएर हराएर विश्वकप खेल्न सक्छौं । म चाहिँ एकदमै केन्द्रित भएर आएको थिए । मेरो लागि यो प्रतियोगिता धेरै महत्वपूर्ण थियो । ब्यक्तिगत ५-६ महिना नराम्रो भएको थियो । मेरो लागि एकदमै महत्वपूर्ण प्रतियोगिता थियो । म जसरी यहाँ आए र प्रदर्शन गरे । म र मेरो परिवारको लागि यो सबैभन्दा ठूलो कुरा हो । मैले आफ्नो देशलाई जिताए र विश्वकपमा पुर्याए’, देवले भने ।

देव यो टोली धेरै अगाडि पुग्ने बताउँछन् । ‘मलाई लाग्छ यो टोली धेरै अगाडि पुग्छ । तीन चार जनालाई हामीले विकास गयौं भने त्यो तीन चार जना आगमी दिको भविष्य जस्तो लाग्छ । सबैजनाले जिम्मेवारी लिए । विशेष धन्यावाद जगत गुरुलाई । वहाँलाई त म मिस गर्ननै सक्दैन । वहाँले जसरी खेलाडीलाई साथ दिनु भएको थियो । जगत गुरु आफैंमा मिराकल गर्नु भएको छ । नेपालको लागि धेरै गर्नु भएकोछ’, उनले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.