3 years ago
March 6, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध ओपनरमा आसिफ शेख र ज्ञानेन्द्र मल्ललाँई मैदान उतारेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले पहिलो ओभरमा दुई रन बनाएको छ । ज्ञानेन्द्र र आसिफ १-१ रनमा क्रिजमा छन् ।

नियमित ओपनर कुशल भुर्तेल बायाँ खुट्टाको ग्रोइनमा चोटका कारण टोलीबाट बाहिरिएपछि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । आसिफ भने नेपालका नियमित ओपनर हुन् । कुशल र आसिफले ओपनिङ गर्दा ज्ञानेन्द्रले तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका थिए ।
तर कुशल नभएपछि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । आसिफ र कुशल अघि नेपाली टोलीमा ज्ञानेन्द्रले नै ओपनिङ गरेका थिए । ज्ञानेन्द्रसँग ओपनरको रुपमा खेलेको लामो अनुभव छ ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । घाइते ओपनर कुशल भुर्तेलको स्थानमा नेपालले आज तीव्र गतिका बलर प्रतिश जि.सीलाई मौका दिएको छ । प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए । उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका प्रतिश त्यसपछि भने बेन्चमा थिए । प्रतिश बायाँ हाते तीव्र गतिका बलर हुन् । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनै पर्ने हुन्छ। नेपालको लागि युएईससँगको खेल निकै महत्वपूर्ण छ । पहिलो खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि।सी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]