default_image

3 years ago

March 6, 2023

ज्ञानेन्द्र मल्ल पनि आउट

457 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालका अर्का ओपनर ज्ञानेन्द्र मल्ल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध आउट भएका छन् ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सुरुवाती १० ओभरमा २ विकेट गुमाउँदै ४२ रन बनाएको छ । कुशल मल्ल २० बलमा ४ चौका र १ छक्कासहित २३ रनमा अविजित छन् । उनलाई कप्तान रोहित पौडेलले साथ दिनेछन् । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र कुशलले २० रनको साझेदारी गरेका थिए । उनलाई कप्तान रोहित पौडेलले साथ दिनेछन् ।

तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेख सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि ६ रनमा पेभिलिएन फर्केका छन् । नेपालले तेस्रो नम्बरमा युवा ब्याटर कुशल मल्ललाई ब्याटिङको लागि पठाएको थियो । कुशलले पहिलो खेलमा युएईविरुद्ध ६० रनको इनिङ खेलेका थिए ।

ज्ञानेन्द्र मल्ल जुनैदको नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । ज्ञानेन्द्र यसअघिका तीन खेलमा ६, ० र ४ रनमा आउट भएका थिए ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । घाइते ओपनर कुशल भुर्तेलको स्थानमा नेपालले आज तीव्र गतिका बलर प्रतिश जि.सीलाई मौका दिएको छ । प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए ।

उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका प्रतिश त्यसपछि भने बेन्चमा थिए । प्रतिश बायाँ हाते तीव्र गतिका बलर हुन् । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । पहिलो खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि।सी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.