default_image

3 years ago

March 6, 2023

भीमलाई पहिलो पटक प्लेयर अफ द म्याच अवार्ड

366 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याटर भीम सार्की आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् ।

नेपाललाई लिग-२ मा पहिलो पटक युएईलाई हराउन भीमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै उक्त अवार्ड जितेका हुन् । भीमले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा पहिलो पटक प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् । यसअघि भीमले यू-१९ र सिनियर टोलीबाट प्लेयर अफ द म्याच जित्न सकेका थिएनन् ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालका भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको महत्वपूर्ण इनिङ खेलेका थिए । एक समय ६८–५ को दयनीय अवस्थामा पुगेको नेपाललाई भीमले सन्दीपसँग छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए ।

सन्दीप २७ रनमा आउट भएपछि भीमले सातौं विकेटका लागि आरिफ शेखसँग ५६ रनकै साझेदारी गरेका थिए । भीमको सिनियर टोलीमा यो पहिलो अर्धशतक हो ।

भीम अघिल्लो साता स्कटल्यान्ड र नामिबियाविरुद्ध सिरिजमा घरेलु मैदान टियुमा भएपनि खेल्ने मौका पाएका थिएनन् । युएई भ्रमणमा नेपालले पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा मौका दिएको थियो । उक्त खेलमा भीमले ३५ बलमा ८ रन जोडेका थिए ।

भीमले नेपालबाट ५ ओडिआई खेल खेलेका छन् । भीमले गत वर्ष मार्चमा युएईविरुद्ध दुबईमा नै डेब्यू गरेका थिए । २०१८ मा नै नेपालको टोलीमा परेपनि डेब्यू गर्न चार वर्ष पर्खनु परेको थियो । टोलीमा परेपनि खेल्ने मौका पाएका थिएनन् ।

जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको ४६ युएई ओभरमा १ सय ८७ रनमा अल आउट भयो । नेपालले लिग २ मा पहिलो पटक युएईलाई हराएको हो । बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन तीन विकेट लिए ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित पाँचौं स्थानमा छ ।

नेपालले बाँकी सबै खेल जिते शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउँछ । ओडिआई मान्यता जोगाउन दुई खेल जित आवश्यक पर्दछ । नेपालले अव बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.