3 years ago
March 6, 2023
दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याटर भीम सार्की आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् ।

नेपाललाई लिग-२ मा पहिलो पटक युएईलाई हराउन भीमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै उक्त अवार्ड जितेका हुन् । भीमले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा पहिलो पटक प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् । यसअघि भीमले यू-१९ र सिनियर टोलीबाट प्लेयर अफ द म्याच जित्न सकेका थिएनन् ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालका भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको महत्वपूर्ण इनिङ खेलेका थिए । एक समय ६८–५ को दयनीय अवस्थामा पुगेको नेपाललाई भीमले सन्दीपसँग छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए ।
सन्दीप २७ रनमा आउट भएपछि भीमले सातौं विकेटका लागि आरिफ शेखसँग ५६ रनकै साझेदारी गरेका थिए । भीमको सिनियर टोलीमा यो पहिलो अर्धशतक हो ।

भीम अघिल्लो साता स्कटल्यान्ड र नामिबियाविरुद्ध सिरिजमा घरेलु मैदान टियुमा भएपनि खेल्ने मौका पाएका थिएनन् । युएई भ्रमणमा नेपालले पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा मौका दिएको थियो । उक्त खेलमा भीमले ३५ बलमा ८ रन जोडेका थिए ।
भीमले नेपालबाट ५ ओडिआई खेल खेलेका छन् । भीमले गत वर्ष मार्चमा युएईविरुद्ध दुबईमा नै डेब्यू गरेका थिए । २०१८ मा नै नेपालको टोलीमा परेपनि डेब्यू गर्न चार वर्ष पर्खनु परेको थियो । टोलीमा परेपनि खेल्ने मौका पाएका थिएनन् ।
जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको ४६ युएई ओभरमा १ सय ८७ रनमा अल आउट भयो । नेपालले लिग २ मा पहिलो पटक युएईलाई हराएको हो । बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन तीन विकेट लिए ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित पाँचौं स्थानमा छ ।

नेपालले बाँकी सबै खेल जिते शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउँछ । ओडिआई मान्यता जोगाउन दुई खेल जित आवश्यक पर्दछ । नेपालले अव बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्नेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]