default_image

3 years ago

March 7, 2023

‘मेरो लागि एउटा अवसर थियो’– भीम

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याटर भीम सार्कीले आइसिसी विश्वकप लिग-२ सिरिज अन्तर्गत घरेलु टोली युएईविरुद्ध दबाब भन्दा पनि आफ्नो लागि एउटा अवसर रहेको बताएका छन् । एक समय ६८-५ को अवस्थामा पुगेको नेपाललाई जिताउन घरेलु टोली युएईविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका भीमले खेलपछि उक्त प्रतिक्रिया दिएका हुन् ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालका भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको महत्वपूर्ण इनिङ खेलेका थिए । एक समय ६८–५ को दयनीय अवस्थामा पुगेको नेपाललाई भीमले सन्दीपसँग छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए ।

‘मानिसक सोच त्यस्तो केहि थिएन । एक बल राम्रो खेल्ने थियो । जति हुन्छ सन्दीप दाइसँग साझेदारी सरले गर्नी भूमिका दिनु भएको थियो । मैले त्यो निभाउने प्रयास गरेको थिएँ’, जितपछि भीम सार्कीले भने । पपुवा न्युगिनीसँग भीम टिकेर खेल्नेक्रममा ३५ बल खेल्दै उनी ८ रनमा आउट भएका थिए । तर युएईसँग अवस्था झन् कठिन थियो । भीम दबाब भन्दा पनि अवसरको रुपमा लिएको बताउँछन् ।

‘त्यो दबाब भन्दा पनि मेरो लागि एउटा अवसर थियो । सरले जुन भूमिका दिनु भएको थियो । त्यो निभाउँछु भनेर म भित्र गएको थिए । सन्दीप दाइसँग खेल्दा र पछि आरिफ दाइसँग पनि साझेदारी हुँदा राम्रो भयो’, उनले भने ।

‘मेरो लागि करिअर सुरुवात हो । बीचमा मैले कति अवसर पाए वा पाएन भन्दा पनि बीचमा मैले जुन प्रयास गर्न सक्थे त्यो गरि राखेको छु । टिममा मौका पाउने नपाउने टिमको सन्तुलनको कुरा हो । जुन बेला मौका पाउँछु त्यसलाई चाहिँ मैले निभाउने प्रयास गर्दछु’, भीमले भने ।

भीमले नेपालबाट ५ ओडिआई खेल खेलेका छन् । भीमले गत वर्ष मार्चमा युएईविरुद्ध दुबईमा नै डेब्यू गरेका थिए । २०१८ मा नै नेपालको टोलीमा परेपनि डेब्यू गर्न चार वर्ष पर्खनु परेको थियो । टोलीमा परेपनि खेल्ने मौका पाएका थिएनन् ।नेपाली मध्यक्रम ब्याटरमा स्थान बनाउन सहज छैन । तीव्र प्रतिस्पर्धा छ ।

त्यसैको कारण भीमले टोलीमा रहेपनि खेल्ने मौका भने पाउन सकेका थिएनन् । भीम टिमले दिएको भूमिका निर्वाह गर्ने बताउँछन् । ‘टिमले मलाई जुन भूमिका दिन्छ फिनिसर, मिडिलअडर वा टप अडरमा । त्यसैलाई निभाउने काम गरेको छु’, उनले भने ।

भीम शीर्ष देखि तल्लोक्रमसम्म खेल्ने क्षमता राख्छन् । घरेलु क्रिकेट त्रिभुवन आर्मीबाट खेल्ने भीमले तल्लो र शीर्षक्रम दुवैमा ब्याटिङ गरेका छन् । भीम जुनसुकै भूमिकामा पनि खेल्न सक्ने क्षमत राख्छन् । ‘त्यसले गर्दा पनि उनलाई फाइदा भएकोछ ।
अभ्यासमा पनि मैले फरक फरक भूमिका तयार पार्छु । राष्ट्रिय टोलीमा परेपछि म यो ठाउँमा खेल्छु भनेर गाह्रो हुन्छ । खेलाडी भएपछि जुन भूमिकामा पनि खेल्न सक्नुपर्छ’, उनले भने ।

भीम रन मात्रै होइन फिल्डिङ मार्फत पनि टोलीलाई जिताउन सक्ने खुवी भएका फिल्डर हुन् । नेपाली क्रिकेटका एक उत्कृष्ट फिल्डरको रुपमा चिनिन्छन् । प्लेइङ ११ मा नभएपनि उनी वैकल्पिक फिल्डरको रुपमा उत्कृष्ट फिल्डिङ गर्दै आएका छन् ।

‘त्यो अव ब्याटरको एक बलको कुरा हो । जति बेला पनि आउट हुन्छ । फिल्डमा छिरेपछि ३ सय बल हुन्छ । त्यसका हरेक बलमा प्रयास हाल्न सकिन्छ । ब्याटिङ त पार्टअफ गेम हो । तर फिल्डिङमा म शतप्रतिशत दिन्छु भन्ने मानसिक सोच हुन्छ’ उनले भने ।

नेपालले अव घरेलु मैदानमा अन्तिम चार खेल खेल्नेछ । नेपाललाई सोझै विश्वकप छनोटमा पुग्न सबै खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन दुई जित पर्याप्त हुनेछ । घरेलु मैदान र समर्थकको नेपालले फाइदा उठाउनेछ ।

‘घरेलु दर्शक भएनन् भने हामीलाई एकदमै गाह्रो हुन्छ । वहाँ पनि आइदिनुहुन्छ । हरेक ठाउँमा आइदिनुहुन्छ । नेपाली दर्शकको कारण नै क्रिकेट चिनेको जस्तो लाग्छ मलाई । एसोसियटको अन्य कुनैपनि देशमा दर्शक हुँदैन । तर नेपालमा जति दर्शक हुन्छन् त्यसले हामीलाई उर्जा मिल्छ । वहाँहरुलाई म हृद्धय देखि एकदमै धन्यावाद भन्न चाहन्छु’, उनले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.