3 years ago
March 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ सिरिजमा लगातार आठ खेलमा टस जित्न सफल भए । सम्भवत रोहित ओडिआई विश्व क्रिकेट इतिहासमा लगातार आठ खेलमा टस जित्ने पहिलो कप्तान थिए । यसअघि जिम्बावेका एन्डी फ्लावरले १९९६ को विश्वकपमा ६ खेलमा लगातार टस जितेका थिए ।

नेपालले दुई साताअघि स्कटल्यान्ड र नामिबियासँग चारै खेलमा टस र खेल जितेको थियो । त्यसअघि रोहितले डिसेम्बरमा नामिबिया भ्रमणका क्रममा अन्तिम दुई खेलमा टस जितेका थिए । यसै साता युएई भ्रमणमा रोहितले सुरुवाती दुई खेलमा टस जिते । रोहितको टस जित्ने यात्रा पपुवा न्युगिनीविरुद्धको दोस्रो खेलमा गएर ब्रेक लागेको थियो ।
समग्रमा उनले लगातार आठ खेलमा टस जिते । डिसेम्बर ७ मा नामिबियाविरुद्धबाट सुरुको टस जित्ने यात्रा पपुवा न्युगिनीविरुद्ध मार्च ३ मा गएर समाप्त भएको थियो । टस जितेका ८ मध्य नेपालले ५ जित र ३ हार बेहोर्यो ।
समग्रमा नेपालले पछिल्ला ८ मध्य ७ खेलमा लक्ष्य पछ्याएको छ । जसमा नेपालले लक्ष्य पछ्याउँदा ६ खेल जितेको छ । कप्तान रोहित आफू भाग्यमानी भन्दा पनि टिममा आफूले टस जित्नेमा विश्वास रहेको बताउँछन् । आफू भाग्यमानी कप्तान भन्दा पनि टिमको विश्वासले टस जितेको बताउँछन् । ‘टसमा पनि मलाई टिममा टस जित्छु भनेर सबैले भन्छन् । सबै टिमले प्ले गर्छ । टसमा जाँदा पनि पुरै टोलीले हेर्छन् । त्यसले गर्दा पनि टस जित्छु जस्तो हुन्छ’, रोहितले टसबारे हाँस्दै भने ।
नोभेम्बरमा रोहितले युएईसँगको तीन खेलको सिरिजमा दुई खेलमा टस जित्दा एक खेलमा हारेका थिए । रोहितले नेपालबाट कुल १५ खेलमा कप्तानी गर्दा ११ मा टस जितेका छन् । चार खेलमा टस हारेका छन् । ११ खेलमा टस जित्दा नेपालले दुई पटक मात्रै पहिला ब्याटिङ रोजेको छ ।

डिसेम्बरमा नामिबिया र स्कटल्यान्डसँग रोहितले सुरुवाती दुई खेलमा टस हारेका थिए । अन्तिम दुई खेल भने नामिबिया र स्कटल्यान्डविरुद्ध जितेका थिए । त्यसपछि रोहितले लगातार आठ पटक सम्म टस जिते । त्यसपछि घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियासँग सबै खेलमा टस जितेका थिए । युएई भ्रमणमा रोहितले तीन खेलमा टस जित्दा एक खेलमा हारे ।
खेलमा टसले धेरै फरक पार्छ । विशेषगरि कन्डिसनको फाइदा उठाउन टसले नतिजामा प्रत्यक्ष फरक पार्दछ । रोहित टसमा लक्की देखिएका छन् । नतिजामा पनि नेपालले सानदार प्रदर्शन गरेको छ । रोहित पनि टसले नतिजामा फरक पार्ने स्वीकार गर्दछन् ।
‘टियुमा खेल्दा टस एकदमै महत्वपूर्ण हुने मलाई अनुभव हुन्छ । विहानको समयमा बलरलाई सहयोग मिल्छ । त्यसैले टसले प्रभाव पार्छ’, रोहितले स्कटल्यान्डलाई अन्तिम खेलमा हराएपछि दुई साताअघि भनेका थिए ।
रोहित ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक खेलमा कप्तानी गर्ने र जित्ने खेलाडी बनिसकेका छन् । रोहितले नेपालबाट १५ खेलमा कप्तानी गर्दा ९ मा जित, ५ मा हार र १ खेल नजिता बिहीन बनेको थियो । रोहितपछि सन्दीप लामिछानेले २०२२ मा १४ खेलमा कप्तानी गर्दा ४ मा जित, ९ मा हार र १ खेल नतिजा विहीन बनेको थियो ।
रोहितपछि नेपालबाट ओडिआईमा सर्वाधिक जित दिलाउने कप्तान ज्ञानेन्द्र मल्ल हुन् । ज्ञानेन्द्रले २०२० र २०२१ मा १० खेलमा कप्तानी गर्दा ६ मा जित र ४ मा हार व्येहोरेका थिए । पारस खड्काले २०१८–२०१९ मा ६ खेलमा कप्तानी गर्दा ३ मा जित र ३ मा हार व्येहोरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]