default_image

3 years ago

March 8, 2023

टसमा भाग्यमानी रोहित

281 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ सिरिजमा लगातार आठ खेलमा टस जित्न सफल भए । सम्भवत रोहित ओडिआई विश्व क्रिकेट इतिहासमा लगातार आठ खेलमा टस जित्ने पहिलो कप्तान थिए । यसअघि जिम्बावेका एन्डी फ्लावरले १९९६ को विश्वकपमा ६ खेलमा लगातार टस जितेका थिए ।

नेपालले दुई साताअघि स्कटल्यान्ड र नामिबियासँग चारै खेलमा टस र खेल जितेको थियो । त्यसअघि रोहितले डिसेम्बरमा नामिबिया भ्रमणका क्रममा अन्तिम दुई खेलमा टस जितेका थिए । यसै साता युएई भ्रमणमा रोहितले सुरुवाती दुई खेलमा टस जिते । रोहितको टस जित्ने यात्रा पपुवा न्युगिनीविरुद्धको दोस्रो खेलमा गएर ब्रेक लागेको थियो ।

समग्रमा उनले लगातार आठ खेलमा टस जिते । डिसेम्बर ७ मा नामिबियाविरुद्धबाट सुरुको टस जित्ने यात्रा पपुवा न्युगिनीविरुद्ध मार्च ३ मा गएर समाप्त भएको थियो । टस जितेका ८ मध्य नेपालले ५ जित र ३ हार बेहोर्यो ।

समग्रमा नेपालले पछिल्ला ८ मध्य ७ खेलमा लक्ष्य पछ्याएको छ । जसमा नेपालले लक्ष्य पछ्याउँदा ६ खेल जितेको छ । कप्तान रोहित आफू भाग्यमानी भन्दा पनि टिममा आफूले टस जित्नेमा विश्वास रहेको बताउँछन् । आफू भाग्यमानी कप्तान भन्दा पनि टिमको विश्वासले टस जितेको बताउँछन् । ‘टसमा पनि मलाई टिममा टस जित्छु भनेर सबैले भन्छन् । सबै टिमले प्ले गर्छ । टसमा जाँदा पनि पुरै टोलीले हेर्छन् । त्यसले गर्दा पनि टस जित्छु जस्तो हुन्छ’, रोहितले टसबारे हाँस्दै भने ।

नोभेम्बरमा रोहितले युएईसँगको तीन खेलको सिरिजमा दुई खेलमा टस जित्दा एक खेलमा हारेका थिए । रोहितले नेपालबाट कुल १५ खेलमा कप्तानी गर्दा ११ मा टस जितेका छन् । चार खेलमा टस हारेका छन् । ११ खेलमा टस जित्दा नेपालले दुई पटक मात्रै पहिला ब्याटिङ रोजेको छ ।

डिसेम्बरमा नामिबिया र स्कटल्यान्डसँग रोहितले सुरुवाती दुई खेलमा टस हारेका थिए । अन्तिम दुई खेल भने नामिबिया र स्कटल्यान्डविरुद्ध जितेका थिए । त्यसपछि रोहितले लगातार आठ पटक सम्म टस जिते । त्यसपछि घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियासँग सबै खेलमा टस जितेका थिए । युएई भ्रमणमा रोहितले तीन खेलमा टस जित्दा एक खेलमा हारे ।

खेलमा टसले धेरै फरक पार्छ । विशेषगरि कन्डिसनको फाइदा उठाउन टसले नतिजामा प्रत्यक्ष फरक पार्दछ । रोहित टसमा लक्की देखिएका छन् । नतिजामा पनि नेपालले सानदार प्रदर्शन गरेको छ । रोहित पनि टसले नतिजामा फरक पार्ने स्वीकार गर्दछन् ।

‘टियुमा खेल्दा टस एकदमै महत्वपूर्ण हुने मलाई अनुभव हुन्छ । विहानको समयमा बलरलाई सहयोग मिल्छ । त्यसैले टसले प्रभाव पार्छ’, रोहितले स्कटल्यान्डलाई अन्तिम खेलमा हराएपछि दुई साताअघि भनेका थिए ।

रोहित ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक खेलमा कप्तानी गर्ने र जित्ने खेलाडी बनिसकेका छन् । रोहितले नेपालबाट १५ खेलमा कप्तानी गर्दा ९ मा जित, ५ मा हार र १ खेल नजिता बिहीन बनेको थियो । रोहितपछि सन्दीप लामिछानेले २०२२ मा १४ खेलमा कप्तानी गर्दा ४ मा जित, ९ मा हार र १ खेल नतिजा विहीन बनेको थियो ।

रोहितपछि नेपालबाट ओडिआईमा सर्वाधिक जित दिलाउने कप्तान ज्ञानेन्द्र मल्ल हुन् । ज्ञानेन्द्रले २०२० र २०२१ मा १० खेलमा कप्तानी गर्दा ६ मा जित र ४ मा हार व्येहोरेका थिए । पारस खड्काले २०१८–२०१९ मा ६ खेलमा कप्तानी गर्दा ३ मा जित र ३ मा हार व्येहोरेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.