3 years ago
March 8, 2023
एजेन्सी – कप्तान बाबर आजमको शतकमा पेशावार जाल्मीले पाकिस्तान सुपर लिगमा रनको वर्षा गराउँदै क्वेटा ग्ल्याडियटर्सलाई २ सय ४१ रनको विशाल विजयी लक्ष्य दिएको छ ।

रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको जाल्मीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ४० रन बनायो ।
जाल्मीका कप्तान बाबर आजमले ६५ बलमा १५ चौका र ३ छक्कासहित १ सय १५ रनको सानदार शतकीय इनिङ खेले । बाबरको पाकिस्तान सुपर लिगमा यो पहिलो शतक हो । अर्का ओपनर २० वर्षीय सैम अयुबले ३४ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनको उत्कृष्ट इनिङ खेले ।
पहिलो विकेटका लागि बाबर आजम र सैम अयुबले १३.३ ओभरमा १ सय ६२ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
रोभम्यान पावेल १८ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा अविजित रहे ।
ग्ल्याडियटर्सको एकमात्रै विकेट ड्वेन प्रिटोरियसले लिए । नसिम शाह र मोहम्मद हुसेन जस्ता बलर विकेटविहीन बनेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]