3 years ago
March 9, 2023
एजेन्सी – ओपनर जेसन रोयको विष्फोटक शतकको सहयोगमा क्वेटा ग्ल्याडियटर्सले पाकिस्तान सुपर लिगमा पेशावार जाल्मामाथी ८ विकेटको ऐतिहासिक जित हात पारेको छ । जितको लागि २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको क्वेटाले १८.२ ओभरमा २विकेट गुमाउँदै पूरा गर्यो ।

पिएसएल इतिहासमा यो सर्वाधिक ठूलो योगफल पूरा हो । यसअघि गतवर्ष मुल्तान सुल्तानले लाहोर कलन्दर्सविरुद्ध २ सय ७ रनको लक्ष्य पूरा गरेको थियो ।
त्यो नै लक्ष्य पछ्याउँदा पिएसएलमा उच्च योगफल थियो । ग्ल्याडियटर्सलाई जिताउन इंग्लिस ब्याटर जेसन रोयले ६३ बलमा २० चौका र ५ छक्कासहित १ सय ४५ रनमा अविजित रहे । रोयले मात्रै ४४ बलमा शतक प्रहार गरेका थिए । रोय पिएसएलमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।
यसअघि कोलिन इनग्रामले २०१९ मा कराँची किंग्सबाट क्वेटा ग्ल्याडियटर्सविरुद्ध १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए । रोयको यो टि२० कुनैपनि खेलको उच्च प्रदर्शन समेत हो । मार्टिन गुप्टिल २१, विल स्मिड २६ र मोहम्मद हफिजले ४१ रन बनाए ।

त्यसअघि रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको जाल्मीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ४० रन बनाएको थियो । जाल्मीका कप्तान बाबर आजमले ६५ बलमा १५ चौका र ३ छक्कासहित १ सय १५ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन ।
बाबरको पाकिस्तान सुपर लिगमा यो पहिलो शतक हो । अर्का ओपनर २० वर्षीय सैम अयुबले ३४ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
पहिलो विकेटका लागि बाबर आजम र सैम अयुबले १३.३ ओभरमा १ सय ६२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । रोभम्यान पावेल १८ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा अविजित रहेका थिए । ग्ल्याडियटर्सको एकमात्रै विकेट ड्वेन प्रिटोरियसले लिए ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]