3 years ago
March 9, 2023
एजेन्सी – ओपनर जेसन रोयको विष्फोटक शतकको सहयोगमा क्वेटा ग्ल्याडियटर्सले पाकिस्तान सुपर लिगमा पेशावार जाल्मामाथी ८ विकेटको ऐतिहासिक जित हात पारेको छ । जितको लागि २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको क्वेटाले १८.२ ओभरमा २विकेट गुमाउँदै पूरा गर्यो ।

पिएसएल इतिहासमा यो सर्वाधिक ठूलो योगफल पूरा हो । यसअघि गतवर्ष मुल्तान सुल्तानले लाहोर कलन्दर्सविरुद्ध २ सय ७ रनको लक्ष्य पूरा गरेको थियो ।
त्यो नै लक्ष्य पछ्याउँदा पिएसएलमा उच्च योगफल थियो । ग्ल्याडियटर्सलाई जिताउन इंग्लिस ब्याटर जेसन रोयले ६३ बलमा २० चौका र ५ छक्कासहित १ सय ४५ रनमा अविजित रहे । रोयले मात्रै ४४ बलमा शतक प्रहार गरेका थिए । रोय पिएसएलमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।
यसअघि कोलिन इनग्रामले २०१९ मा कराँची किंग्सबाट क्वेटा ग्ल्याडियटर्सविरुद्ध १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए । रोयको यो टि२० कुनैपनि खेलको उच्च प्रदर्शन समेत हो । मार्टिन गुप्टिल २१, विल स्मिड २६ र मोहम्मद हफिजले ४१ रन बनाए ।

त्यसअघि रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको जाल्मीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ४० रन बनाएको थियो । जाल्मीका कप्तान बाबर आजमले ६५ बलमा १५ चौका र ३ छक्कासहित १ सय १५ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन ।
बाबरको पाकिस्तान सुपर लिगमा यो पहिलो शतक हो । अर्का ओपनर २० वर्षीय सैम अयुबले ३४ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
पहिलो विकेटका लागि बाबर आजम र सैम अयुबले १३.३ ओभरमा १ सय ६२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । रोभम्यान पावेल १८ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा अविजित रहेका थिए । ग्ल्याडियटर्सको एकमात्रै विकेट ड्वेन प्रिटोरियसले लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]