default_image

1 year ago

March 9, 2023

आसिफको सानदार शतक

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार शतक प्रहार गरेका छन् । आसिफले १ सय १ बलमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरेका हुन् ।

आसिफ १ सय १ बलमा १० चौका र २ छक्कासहित १ सय रनमा क्रिजमा छन् । ३५ औं ओभरको अन्तिम बलमा एक रन लिँदै शतक पूरा गरेका हुन् । आसिफ नेपालबाट ओडिआईमा शतक हान्ने पाँचौं खेलाडी बनेका छन् । पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलपछि पाँचौं खेलाडी बनेका हुन् । आसिफले घरेलु क्रिकेटमा भने दुई शतक प्रहार गरि सकेका छन् ।

आसिफले यस सफलता ३२ खेलमा पूरा गरेका हुन् । आसिफ नेपालबाट ओडिआई एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी पनि बनेका छन् । आसिफले २०२१ सेप्टेम्बरमा ओमान भ्रमणमा पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका थिए । २१ वर्षीय विकेटकिपर आसिफले त्यसपछि लगातार नेपाली क्रिकेट टोलीबाट उच्च प्रदर्शन गर्दै आएका छन् ।

आसिफले यसअघि नेपालबाट ओडिआई खेलमा ७ अर्धशतक प्रहार गरेका छन् । ७ मध्य ४ अर्धशतकमा उनले प्लेयर अफ द म्याच चुनिएका थिए । कुशल भुर्तेलपछि आसिफ नेपालबाट ओपनरको रुपमा शतक हान्ने दोस्रो खेलाडी हुन् ।

अभ्यास खेलमा गत भदौमा आसिफ केन्याविरुद्ध १ सय २० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । त्यो भने अभ्यास खेल हुँदा कुनै मान्यता पाउँदैन । घरेलु क्रिकेटमा दुई शतक हानेका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको छ ।

आसिफले गतवर्ष नेपाल एपिएफ क्लबबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध १ सय ३६ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेलेका थिए । २०१६ को एभरेष्ट प्रिमियर लिगमा पञ्चकन्या तेजबाट १ सय ११ रन हानेका थिए । उनी टि२० फ्रेन्चाइजमा शतक हान्ने पहिलो नेपाली खेलाडी थिए ।

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

Success

Thank you for your time.