default_image

1 year ago

March 10, 2023

टोनी उरा घाइते

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीका आक्रामक ओपनर टोनी उरा घाइते भएका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईसँग खेल्नुअघि टोनी उरा घाइते भएका हुन्।

टोनी उरा शुक्रबार बिहान अभ्यासकोक्रममा घाइते भएका हुन् । उनको दायाँ खुट्टामा चोट लाग्न पुगेको थियो । त्यसपछि उनको थप स्वास्थ्य परिक्षणको लागि नेशनल अस्पताल कंलकी लगिएको थियो ।

उरा पिएनजीको प्लेइङ-११ मा थिए । तर उनी खेल्न नसक्ने भएपछि बेन्चमा रहेका विकेटकिपर हिला भारेलाई पिएनजी युएईविरुद्ध ब्याटिङ गराएको थियो । उरा उपचार गरेर टियुमा खेलाडीसँग पेभेलिएन बक्समा रहेका छन् ।

टोनी उरा घाइते भएपछि पिएनजीले युएईविरुद्ध हिरि हिरिलाई ओपनिङ गराएको थियो । हिरिले ८५ बलमा ५ चौका र ४ छक्कासहित ७७ रनको इनिङ खेलेका थिए ।

टोनी उराले आगमी खेल खेल्न सक्ने वा नसक्ने पिएनजीले जनाएको छैन । तर खुट्टाको चोटको कारण खेल्न सक्ने कम सम्भावना देखिन्छ । पिएनजीले अव सोमबार नेपाल र बुधबार युएईसँग खेल्नेछ । उरा खेलको लागि उपलब्ध नभएमा पिएनजीलाई ठूलो घाटा लाग्नेछ ।

३३ वर्षीय उराले ५६ ओडिआई खेलमा १ शतक र ५ अर्धशतकसहित १ हजार २ सय २६ रन बनाएका छन् । उराले विहीबार नेपालविरुद्ध पहिलो खेलमा ४४ बलमा ९ चौकासहित ५० रन जोडेका थिए । उराको करिअरको उत्कृष्ट प्रदर्शन १ सय ५१ रन छ । उक्त प्रदर्शन २०१८ मा आयरल्यान्डविरुद्ध खेलेका थिए ।

May 9, 2024

‘२०१४ को टि२० विश्वकप गाउँमा परिवारसँगै हेरेको थिएँ’ – कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मध्यक्रमका भरपर्दा ब्याटर रोहित पौडेलको कप्तानीमा आइसीसी टि२० विश्वकप २०२४ खेल्दैछ । गत वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले मोन्टि देशाइलाई प्रशिक्षक नियुक्त गरेसँगै रोहित पौडेल कप्तान नियुक्त भएका थिए । प्रशिक्षक देशाइ र कप्तान रोहितले नयाँ जिम्मेवारीमा नेपाललाई उत्कृष्ट सुरुवात दिलाउँदै अविश्वसनीय नतिजा निकालेका थिए । […]

May 8, 2024

हेड र अभिषेकको सानदार ब्याटिङमा हैदरावादको जित 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि सानदार जित दर्ता गरेको छ । हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको जित निकालेको हो ।   हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १ सय ६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार […]

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

Success

Thank you for your time.