3 years ago
March 10, 2023
एजेन्सी – कप्तान टेम्बा बभुमाको सानदार शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टेस्ट खेलमा वेस्टइन्डिजविरुद्ध विशाल अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा दक्षिण अफ्रिकाले ३ सय ५६ रनको विशाल अग्रता लिएको हो । दक्षिण अफ्रिका दोस्रो इनिङमा २८७-७ को अवस्थामा छ।

कप्तान टेम्बा बभुमा २ सय ७५ बलमा २० चौकासहित १ सय ७१ रनमा क्रिजमा छन् । बभुमाको यो टेस्ट करिअरको दोस्रो शतक हो । यो कुनैपनि अन्तर्राष्ट्रिय खेलको उच्च प्रदर्शन समेत हो । उनी बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर एडेन माक्ररम १८, डिएन एल्गर ५, टोनी डी जोर्जी १ र वियान मुल्डर ४२ रनमा आउट भए ।
वेस्टइन्डिजका काइल मेयर्स र अल्जारी जोशेफले दुई दुई विकेट लिएका छन् । त्यसअघि पहिलो इनिङमा वेस्टइन्डिज २ सय ५१ रनमा अल आउट भएको थियो ।
वेस्टइन्डिजका जेसन होल्डरले १ सय १७ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८१ रनको अविजित इनिङ खेले । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिका जेराल्ड कोट्जेले सर्वाधिक तीन विकेट लिए । कागिसो रबाडा र सिमन हरमेरले दुई दुई विकेट लिए ।
घरेलु टोली दक्षिण अफ्रिका पहिलो इनिङमा ३ सय २० रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका एडेन माक्ररमले १ सय ३९ बलमा १७ चौकासहित सर्वाधिक ९६ रन बनाए । टोनी डी जोर्जीले १ सय ५५ बलमा ८५ रन बनाए ।
वेस्टइन्डिजका काइल मेयर्स, अल्जारी जोशेफ र गुडाकेश मोतीले तीन तीन विकेट लिए । दुई खेलको सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]