3 years ago
March 11, 2023
एजेन्सी – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग २०२३ को पहिलो खेलमा इन्डिया महाराजसलाई ९ रनले पराजित गरेको छ ।

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको महाराजसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । भारतका कप्तान गौतम गम्भीरले ३९ बलमा ७ चौकासहित सर्वाधिक ५२ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । गौतम गम्भीर अब्दुल रजाकको १४ औं ओभरको पहिलो बलमा थिसेरा परेराबाट क्याच आउट भए ।
भारतलाई जितको लागि अन्तिम १२ बलमा २५ रन चाहिँएको थियो । दुई रन लिने धुनमा स्टुअर्ट बिन्नी ८ रनमा रन आउट भए । इफरान पठानले पाँचौं बलमा छक्का हानेपछि ७ बलमा १६ रन चाहिँएको थियो । तर अर्को बलमा इफरान १९ रनमा बोल्ड आउट भए ।
अन्तिम ६ बलमा १६ रन चाहिँएको थियो । इसुरु उडानाले ६ रन खर्चिएर जित पक्का गराए । तीव्र गतिका बलर सोहेल तनविरले पहिलो ओभरको चौथो बलमै ओपनर रोविन उथप्पालाई शून्यमा क्याच आउट गराए । दोस्रो विकेटका लागि मुरली विजय र गौतम गम्भीरले ५० रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । मुरली विजय १९ बलमा ३ चौका र १ छक्कासहित २५ र सुरेश रैना ३ रनमा आउट भए ।

इसुरु उडानाको १७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका मोहम्मद कैफ लङअनमा पारस खड्काबाट २२ रनमा क्याच आउट भए । क्रिजमा सेट भई सकेका अलराउन्डर कैफको क्याच पारसले लिएका थिए ।
एसियाका सोहेल तनविरले ४ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए । अब्दुल रजाकले ३.२ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । इसुरु उडानाले ३ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । तिलकरत्ने दिलशानले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । थिसेरा परेराले ३.४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

एसियाका मिस्बाह उल हकले ५० बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिए । नेपालका पूर्व कप्तान पारस खड्का भने २ बलमा ३ रनमा अविजित रहे । अन्तिम तीन बल बाँकी रहँदा पारस खड्काले ब्याटिङको अवसर पाएका थिए । पारसले अन्तिम ओभरको चौथो बलमा स्टुअर्ट बिन्नीलाई एक रन प्रहार गरे ।
उक्त बल पारसले लङअफतर्फ प्रहार गरेका थिए । अन्तिम बलमा पारसले दुई रन बटुले । दुई बल खेलेका पारस तीन रनमा अविजित रहे । अब्दुल रजाक ६ रनमा क्याच आउट भएपछि पारस आठौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । एसियाले पारसलाई तल्लोक्रममा मौका दिएको थियो ।
उपुल थरंगा ३९ बलमा २ छक्कासहित ४० रनमा आउट भएका थिए । तेस्रो विकेटका लागि मिस्बाह र उपुल थरंगाले १ सय ८ रनको सानदार शतकीय साझेदारी गरेका थिए । तीव्र गतिका बलर अशोक डिन्डाले ओपनर तिलकरत्ने दिलशानलाई ६ रनमा विकेटकिपर रोविन उथप्पाबाट क्याच गराए ।

इफरान पठानको बलमा अस्गर अफघान एक रनमा एलबीडब्लू आउट भए । मिस्बाह १८ औं ओभरको तेस्रो बलमा स्टुअर्ट बिन्नीलाई ठूलो सट खेल्ने धुन्नमा लङअनमा सुरेश रैनाबाट क्याच आउट भएका थिए । कप्तान शाहिद अफ्रिदी ८ बलमा २ चौकासहित १२ रनमा आउट भए ।
भारतका प्रविन्दर अवानाले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । स्टुअर्ट बिन्नीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । इफरान पठान र अशोक डिन्डाले एक एक विकेट लिए ।
एसिया लायन्सले अव वल्र्ड जायन्ट्ससँग सोमबार खेल्नेछ । जायन्ट्समा आरोन फिन्च, हसिम अमला, क्रिस गेल, ब्रेट ली, ज्याकक्विस क्वालिस र शेन वाटसन जस्ता चर्चित टोली छन् । तीन टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले सोझै फाइनलमा स्थान बनाउनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]